Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मोरङमा प्लाष्टिक उद्योगको मेसिनमा ठोक्‍किएर एक महिलाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज १७, विराटनगर | </b>मोरङको बुढीगंगा गाउँपालिका- ३ स्थित इस्ट एसिया प्लाष्टिक उद्योगको मेसिनमा ठोक्‍किएर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङ बाक्सिलाकी ३४ वर्षीया सरिता तामाङ रहेको प्रहरीले जनाएको छ । तामाङ सोही उद्योगमा मजदुरका रुपमा कार्यरत थिइन्। उनको टुलिटर प्लान्ट ब्लो मेसिनमा ठोक्‍किएर मृत्यु भएको हो |<br></p><p>प्रहरीका अनुसार बोतल टिप्नका लागि भँइमा निहुरिएको बेला चालु अवस्थामा रहेको मेसिनमा महिलाको टाउको ठोक्‍किएको थियो। टाउको ठोक्‍किएर गम्भीर घाइते तामाङको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ।&nbsp;&nbsp;</p>