२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा ७ दिने आधारभुत पत्रकारिता तालिम शूरु

२०७२, २४ चैत्र बुधबार ०५:३४

विनोद डाँगी, चैत्र २४, रोल्पा  । 

सामुदायिक रेडियो मालश्री १००.५ मेगाहर्जको आयोजनामा आजबाट ७ दिने आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । तालिमको आज एक कार्यक्रमका विच प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष हरिहर विरहीले ७ वटा मैनबत्ति बालेर उद्घाटन गर्नुभएको हो ।

७ दिने तालिममा पत्रकारिताका आधारभुत कुराहरु सिकाइने बताइएको छ । तालिममा लागि विशेषगरी युवापुस्ताको बाक्लो सहभागिता रहेको छ । कार्यक्रममा बोल्दै बक्ताहरुले पत्रकारीता क्षेत्रमा पछिल्लो समय युवापुस्ताले देखाएको सक्रियताले आफुहरु खुशि भएको बताउनु भएको छ । जिल्लाको समग्र पत्रकारिताको विकासका लागि मालश्री रेडियोले चालेको यो कदमप्रति सबैले शुभकामना व्यक्त गर्नूभएको छ । कार्यक्रममा बोल्दै प्रमुख प्रशिक्षक तुला अधिकारीले तालिम लिएर मात्र नभई व्यवहारमा पनि उतार्न जरुरी भएको बताउनुभएको छ ।

समाचार लेखेर मात्र नहुने भन्दै उहाँले समाचारको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । ७ दिने तालिम लिएर सहभागिहरुले गाउँमा र सहर बजारमा लुकेर रहेका खोजमुलक समाचारलाई बाहिर ल्याउनेमा कुनै शंका नरहेको बताउनुभएको छ । कार्यक्रममै बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ र प्रेश काउन्सिल नेपालका पुर्व अध्यक्ष हरिहर विरहिले पत्रकारीता क्षेत्रमा काम गर्नका लागि यस्ता खालका तालिम महत्वपुर्ण हुने बताउनुभयो । सुनेको भरमा गरिने पत्रकरिता भन्दा खोजमुलक पत्रकारितामा जोड दिनुपर्ने उहाँले बताउनुभयो । जिल्लामा भर्खरै स्थापना भएको रेडियोले जिल्लामा पत्रकारिताको विकासका लागि ७ दिने आधारभुत पत्रकारिता तालिमको संचालन गरेको जनाएको छ ।

कार्यक्रममा विशिष्ट अतिथी सहायक प्रमुख जिल्ला अधिकारी अनुनय वास्तोला, रेडियोका सल्लाहकार कृष्ण बहादुर घर्तिमगर र बरिष्ठ पत्रकार कविर राणा रहनुभएको छ । साथै अन्य अतिथीहरुमा नेपाली काग्रेंस रोल्पाका कार्यबाहक अध्यक्ष खट्कबहादुर खत्रि , एमाले रोल्पाका सचिव ओमराज घर्तीमगर, एमाओवादी अध्यक्ष सुरेन्द्र घर्तिमगर, राप्रपा नेपालका उपाध्यक्ष पुर्णे पुन, राप्रपा नेपालका जिल्ला सदस्य कर्णपाल पुन, जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ बिष्ट, पत्रकार महासंघका अध्यक्ष महेश न्यौपाने, निवर्तमान अध्यक्ष मौसम रोकामगर, पुर्व अध्यक्ष खेम बुढा, संस्थापक अध्यक्ष काशिराम डाँगी, गैसस रोल्पाका अध्यक्ष कर्ण बाठाँ, उद्योग बाणिज्य संघ रोल्पाका महासचिव रामचन्द्र थापा, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक केशव बहादुर बस्नेत तथा जिल्लामा क्रियाशिल सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, जिल्लामा क्रियाशिल पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । \७ दिने पत्रकारिता तालिमको प्रशिक्षकहरुमा बरिष्ठ पत्रकारहरु सामुदायिक रेडियो प्रसारक संघ अकोर्यावका लेखा समिति संयोजक तुला अधिकारी, कृष्णसार एफएम नेपालगंजका बरिष्ठ कार्यक्रम प्रस्तोता माधव अधिकारी, सामुदायिक सुचना नेटवर्क सिआइएन का बरिष्ठ कार्यक्रम उत्पादक लिल प्रकास चन्द रहनुभएको छ । कार्यक्रममा स्वागत मन्तव्य श्री कुमारी रोकाले दिनुभएको थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता रेडियो संचालक समितिका अध्यक्ष विश्व कुमार चन्दले गर्नुभएको थियो भने संचालन स्टेशन मेनेजर डी.बी.टुहुरोले गर्नुभएको थियो । राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको संवाहकको नारा लिएर स्थापना भएको रेडियो मालश्री अब छिट्टै नियमित प्रशारणमा जाने रेडियोले बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला