Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

खेर गइरहेको दूधको व्यवस्थापन गरिनेछ: मुख्यमन्त्री राई

२०७५, १८ आश्विन बिहीबार ०७:३४

असोज १८, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होलिडे’मार्फत् दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धूलो दूधका रुपमा व्यवस्थापन गरिने बताउनुभएको छ । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा विराटनगर–१० मा स्थापित पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कार्यालको आज उद्घाटन गर्दै उहाँले विराटनगरस्थित दुग्ध विकास संस्थान केन्द्रको परिसरमा यसै आर्थिक वर्षमा किसानको दूध खरीद गरी धूलोे दूध उत्पादनमा स्तरोन्नति कार्य गर्ने जानकारी दिनुभयो । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री राईले कृषिलाई आधुनिक व्यावसायिक उद्योगको रुपमा विकास गरी रोजगार प्रदान गर्न सरकारले विज्ञसँग परामर्श र छलफल गरिरहेको बताउनुभयो । 

उहाँले प्रदेशमा बङ्गुरपालनको प्रचुर सम्भावना रहेको र यसको मासु निर्यातका लागि बजारका रुपमा छिमेकी देश भारतको सिक्किम, अरुणाचल प्रदेश, दार्जलिङ र भूटानमा रहेकाले कृषकलाई आवश्यक प्राविधिक ज्ञान प्रदेश सरकारले प्रदान गर्ने विश्वास दिलाउनुभयो । मुख्यमन्त्री राईले प्रदेशमा उत्पादित विभिन्न मासुको बजार व्यवस्थापनका लागि यसै आवभित्र वाताकूलित यातायातको व्यवस्था गरिने जानकारी दिनुभयो । 

सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवापुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्न आधुनिक सीप र प्रविधिको विषयमा ज्ञान दिनुपर्ने बताउनुभयो । प्रदेशमा माछा, बङ्गुरपालन तथा मसलाजस्ता नगदे बालीको उत्पादन र बजार विस्तारका लागि सरकारले किसानलाई आवश्यक सम्पूर्ण सहयोग र सुविधा उपलब्ध गराउने उहाँले बताउनुभयो । 

प्रदेशका मुख्य सचिव केदार न्यौपानेले प्रदेशको कृषि उत्पादन वृद्धि गर्न सरकारले ज्ञान केन्द्र र कृषिविज्ञ टोलीको गठन गरी आवश्यक छलफल शुरु गरेको जानकारी दिनुभयो । सो कार्यालयले प्रदेशका १४ जिल्लामा पशुपक्षी तथा मत्स्य उत्पादन वृद्धिका लागि अनुगमन, निरीक्षण र स्थलगतरुपमा प्राविधिक सहयोग कृषकलाई उपलव्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी