२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा बोलेरोको ठक्करबाट एक साइकलयात्रीको मृत्यु, तीन जना घाइते

२०७५, १८ आश्विन बिहीबार ०८:०५

असोज १८, भद्रपुर | पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बुट्टाबारी–चारआली सडकखण्डमा आज भएको सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ का ६० वर्षीय विष्णुप्रसाद विक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । इलामबाट झापाको चारआली हुँदै विर्तामोड आउँदै गरेको मे१ज २४६२ नम्बरको बोलेरो जिपले बिहान साइकलयात्री विकलाई ठक्कर दिएको थियो । 

जिपको ठक्करबाट गम्भीर घाइते विकको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा विकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिपको ठक्करबाट अर्को साइकलयात्री मेचीनगर–१२ का २८ वर्षीय टङ्क रोक्का, जिपमा सवार इलाम नगरपालिका–७ का ५५ वर्षीय विजेन्द्र रिजाल र इलाम जोगमाई–४ निवासी १९ वर्षीय विशाल सापकोटा घाइते भएका छन् । उनीहरु तीनै जनाको बिएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल