२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा पहिलो पटक म्याराथुन दौड प्रतियोगिता सम्पन्न

२६ भाद्र २०७२, शनिबार ०१:५६

sport news

भाद्र २६, प्युठान । जिल्लामा पहिलो पटक म्याराथुन दौड प्रतियोगिता सम्पन्न गरिएको छ । “स्वास्थ्यका लागि दौड राष्टका लागि खेलकुद भन्ने नारा सहित दिहाल्ना खेलकुद पर्यटन बिकास कार्यक्रमले मिनि म्याराथुन दौड प्रतियोगिताको आयोजना गरेको हो ।

पहिलो पटक आयोजना गरिएको प्रथम मैत्रिपुर्ण म्याराथुन दौड प्रतियोगिताको पुरुष तर्फ मिङमार तामाङ र महिला तर्फ सविना थापाले म्याराथुनको उपाधि हात पारेका छन । शुक्रबार दाखाक्वाडीको बेलुवा बाट दम्तीको चौतारा सम्म आयोजना गरिएको ११ किलोमिटर म्याराथुन दौड प्रतियोगितामा गोरखवक्स अ खलंगाका तामाङ र थापाले उपाधि जित्नु भएको हो ।

पुरुषतर्फ तामाङ निर्धारीतदुरी ४० मिनेट १० सेकेन्डमा पुरागर्नु भएको थियो । त्यस्तै महिला तर्फ सविना थापाले १ घण्टा ५२ मिनेट २ सेकेन्डमा निर्धारीत दुरीपार गर्नुभएको छ । जम्मा ६८ जना प्रतियोगिले भाग लिएको प्रतियोगितामा निर्धारीत स्थान दम्तीको चौतारा सम्ममा ५७ जनामात्रै पुगेका छन ।

त्यस्तै पुरुषतर्फ स्याउलिवाङका दामोदर बुढामगरले ४१ मिनेट ४८ सेकेन्डमा दुरी पारगर्दै दोस्रो स्थानमा आउनु भएको छ । पुर्न गोरखवक्स खलंगाका दानवहादुर बोहोराले ४१ मिनेट ४८.५ सेकेन्ड र भरत खडकाले ४२ मिनेट ३६ सेकेन्डमा निर्धारीत दुरीपार गर्दै तेस्रो र चौथो स्थान हासिल गर्नु भएको छ ।

त्यसैगरी महिला तर्फ गोरखबक्स खलंगाका एमुना शाहले १ घण्टा ८ मिनेट ५६ सेकेन्ड,बसन्ता गिरीले १ घण्टा १७ मिनेट ५७ सेकेन्ड र रविना चौधरीले १ घण्टा १७ मिनेट ५८ सेकेन्डमा निर्धारीत दुरीपुरा गर्दै दोस्रो,तेस्रो र सान्तना भएका छन । प्रतियोगितामा बिजय भएका प्रथम,द्धितिय र तृतियलाई १५ हजार,१० हजार र ५ हजार नगद पुरस्कार सहित मेडल प्रदान गरीएको छ ।

प्रतियोगितामा प्यूठानसंगै अर्घाखाँची, गुल्मी, रोल्पा र रुकुम जिल्लाका प्रतियोगिहरु सहभागि भएको समिति अध्यक्ष गोविन्द गिरीले जानकारी दिनुभयो ।प्रतियोगितामा सहभागि भएका सबै पतिशप्रधिलाई प्रमाण पत्र र पुरस्कार वितरण गरीएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ