2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठान उधोग बाणिज्य सँघको अध्यक्षमा न्यौपाने विजयी

सलिम अन्सारी, असोज १२ प्यूठान । प्यूठान उधोग बाणिज्य सँघको अठारौ साधारणसभा तथा नवौ जिल्ला अधिबेशनबाट सँयूक्त ब्यावसायिक प्यानलका ज्ञानुराम न्यौपाने अध्यक्षमा निर्बाचित भएका छन ।

न्यौपानेले प्रतिद्दन्दि ब्याबसायिक प्यानलका बालाजु श्रेष्ठलाइ १ सय २५ मतले पछाडी पार्दै अध्यक्षमा निर्बाचित भएका हुन । जिल्लाभर कुल १६ सय ६९ मतदाता सँख्या मध्ये १४ सय ५६ मत खसेकोमा बिजयी न्यौपानेले ७ सय ७१ मत प्राप्त गरे भने उनका प्रत्याशी श्रेष्ठले जम्मा ६ सय ४६ मत प्राप्त गरे । बरिष्ठ उपाअध्यक्षमा केदारमान कक्षपतीले ६ सय ९३ मत ल्याएर विजय भएका छन ।

त्यसै गरी बाणिज्य उपाअध्यक्षमा बद्री श्रेष्ठले ६ सय ७८ मत र उधोग उपाअध्यक्षमा गिर बहादुर गुरुगँले ७सय ६० मत प्रापत गर्दै बिजयी भए। सँ मगँलबार बिहान सम्पन्न अधिबेशनबाट कोषा अध्यक्षमा रामचन्द्र पौडेल ७ सय ९ मत र उपमहासचिब टिका बहादुर जिसीले ६ सय ९३ मत प्राप्त गर्दै बिजयी भएको प्रमुख निर्बाचन अधिकृत शिवराज पन्डितले बताए ।

यस अघि महासचिब पदमा बिष्णु लवट सर्बसहमत चयन भैसकेको उनले जानकारी दिए । बरिष्ठ उपाअध्यक्ष र बाणिज्य उपाअध्यक्ष बाहेक अन्य पदमा सँयुक्त प्यानलको समुह विजयी भएको हो । सँयुक्त प्यानलमा राष्टिय जनमार्चा सहित काग्रेस, एमाओबादी र नेकपा माओबादीले पदाधिकारीमा पद बाँडफाड गरी चुनाबी मैदानमा उत्रिएका थिए ।

नवनिर्बाचित अध्यक्ष न्यौपानेले मगँलबार बिहान गोपनियताको सपथ लिदै जिल्लाको आर्थिक क्रान्ती सँगै बिकास र ब्यावसायीको हक अधिकारका लागी भुमिका खेल्ने प्रतिबद्दता जाहेर गर्नुभयो । अधिबेशनले आगामी तिन बर्षका लागी नयाँ नेतृत्व चयन गरेको हो ।

उधोग बाणिज्य सँघको कार्यसमिती २७ सदसिय रहने प्राबधान छ । जसमध्ये ५ जना मनोनित सदस्य र त्यसमा पनी २ जना महिला ब्यावसाय अनिबार्य रहेको सँघको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई