२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

भन्सार छलेर ल्याइएका सामान सहित दुई जना पक्राउ

२० आश्विन २०७५, शनिबार ०३:०४

असोज २०, बुटवल  ।  सशस्त्र प्रहरी बलको रुपन्देहीस्थित राजश्व भन्सार सुरक्षा गुल्मले भन्सार छलेर नेपाल भित्र्याउन लागिएका सामानसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा जाँच गर्ने क्रममा डिएल ११ सिए ८८४१ नम्बरको भारतीय महेन्द्र केयुभी गाडीमा भारतको झजर अग्रवाल कलोनी, ७ बस्ने ३१ वर्षीय गौरव गोयल र २८ वर्षीय अङ्िकत गोयलबाट रु १६ लाख दुई हजार बराबरको सामान बरामद गरेर गाडी सहित उनीहरूलाई भैरहवा भन्सार कार्यालयमा बुझाएको छ । 

प्रहरीले जाँचका क्रममा सामान र ढुवानी गरेका सवारी साधान बरामद गर्ने तर तस्कर भने कमै मात्र पक्राउ हुने भनी सोधिएको प्रश्नमा सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द खातीले अधिकांश तस्कर सामान ढुवानी गरेका सवारीमा आफँै आएको अवस्थामा पक्राउ हुने तर रातिको समयमा साइकल तथा मोटरसाइकलमा आएका व्यक्ति भने सवारीसाधनसहित नै सामान छाडेर फरार हुने गरेकाले पक्राउ पर्न मुस्किल हुने बताउनुहुन्छ । उहाँका अनुसार पछिल्लो एक महीनामा मात्र सशस्त्र प्रहरीले भन्सार छलेर नेपाल भित्र्इएका रु ३० लाख भन्दा बढीको विभिन्न प्रकारका सामान बरामद गरेको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो