२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

नोकरी गरेर घर फर्कदै गरेका युवा बेहोस बनाएर लुटिएपछी

१३ आश्विन २०७२, बुधबार ०४:३७

सलिम अन्सारी, असोज १३, प्यूठान । भारतमा मजदुरी गरी कमाएको पैसा लिएर घर फर्कदै गरेका बुद्दिवल चर्तीको यात्रा यसपाली सुखद रहेन। मुग्लानमा पसिना बगाएर कमाएको पैसा लुटियो। पैसा मात्र होइन त्यस सँगै जोडिएको खुसी पनी लुटियो। त्यो पैसाले घरकी बुढी आमा र पत्नीको मुहार हँसाउने सपना देखेका थिए चर्तीले।

lutpat

लामो समय पछी परिवारसँग खुसी साँटन प्यूठान हँसपुर ४ सजिकोट स्थित घर पुग्ने हतारो थियो उनलाइ। मनमनै सोचेका सपना, सपना मै सिमित रहयो। उनले भने दामपैसा त सवै लगे घर परिवारलाइ किनेर ल्याएको लुगा समेत बाँकी राखेन। पावरप्लान्टमा ७ महिना सम्मको कमाइ दुइ दिन पनी गोजीमा अडिन पाएन। साबधानी नअपनाएका होइनन उनले झोलाभित्र पाइन्टको गोजीभित्र लुकाएका थिए पैसा तर लुटेरा गिरोहले दिएको एक घुटकी जुस पिए सँगै उनको पसिनाको कमाइ समेत लुटियो। जव पैसा लुटिएको थाह पाए झोलामा जतन गरी राखेको नोट एउटा पनी बाँकी थिएन।

उनी रन्थनिय साहुलाइ बुझाउनुपर्ने क्रृणको भारी झन ठुलो वनेर आखाँ अगी नाच्न थाले। त्यसकै लागी उनी परिवार छोडेर भारतको गुजरात पुगेका थिए। पैसा त लगे साथमा भएको केहि बाँकी राखेन्न, उनले प्रभावसँगको कुराकानीमा भने,धन्न बाँचेर आए। घरमा श्रीमती बृद्द आमा र भाइबहिनी छन। बुवा पनी गरिवीका कारण धन कमाउन प्रदेश मै नोकरी गरिरहेका छन।

जेठो छोरा हुनुको नाताले सवै जिम्मेबारी उनकै काधँमा छ। दिनभरको बसको यात्रा पछी भारतको लखनउ बसपार्क आइपुगेका उनी लुटेरा गिरोहबाट बिहोस पारेर लुटिएका हुन। कान्पुरको बस स्टेशनबाट नेपालका लागी यात्रा गरिरहेका आफुलाइ भारतीयसँग मिलेर नेपालीले नै लुटपाट गरेको उनले बताए। म र अर्को मधेशी मुलको अधबैशे नेपाली सँगै एउटै सिटमा थियौ। उनले भने कुराकानी चलिरहदा जुस पिउन दिइयो,बिहोस नै पो पारिएछ। उनका अनुसार भारतिय सँग सँगै रहेका उनै नेपालीले रुपन्देहिको सालझन्डि घर बताएका थिए।

जुस दिनेको अनुहार प्रष्ट भए पनी एकछिनको चिनाजानीलाइ बिशवास गर्दा आफु लुटिएको उनको भनाइ छ। २१ बर्षिय चर्तीको २५ हजार भारु सहित १५ हजारको मोवाइल, एसएलसीको सर्टिफिकेट एमआरपी पासपोर्ट नागरिक्ता लुटिएको छ। श्रीमती बिरामी भएको खवर सुनेर अचानक घर फर्किएका उनी अव कहिल्यै भारत नजाने बताउँछन। उनी भन्छन, मलाइ जस्तो आइ कसैलाइ नपरोस। गरिव परिवारका लागी जेनतेन कमाएको यो पैसा धेरै हो। नगद यसरी उनीहरुले गाउँमा कमाउन सक्दैन्न स्थानिय थम्मन साठिघरे बताउँछन।

आफु लुटिएको बारे भारतिय प्रहरीलाइ जानकारी गराउँदा पनी वास्ता नगरेको उनी बताउँछन। अर्धबिहोस अबस्थामा मगँलबार बिहान भारतको बढनी नाका हुँदै कृष्णनगर आएका उनलाइ आफन्तले प्यूठानका लागी बस चदाएका थिए। शरिरका लुगा र रित्तो झोला लिएर नेपालको सिमानामा आइपुगेका उनलाइ आफना जेठानले गाडि भाडाका लागी एक हजार रुपैयाँ दिएर घर पठाएका थिए। गत बर्ष भारतबाट मजदुरी गरी घर फर्कदै गर्दा प्यूठान धर्मावतीका युवाहरुलाइ भारतिय नाका रुपडियामा बिहोस पछी बन्धक बनाइ आपराधिक लुटेरा समुहले लुटेका थिए। बेला बेलामा नेपालीहरु भारतिय सिमा नाकामा लुटिदै आएका छन।

बेहोस बनाइ लुटिएर घर फर्किएका प्यूठान हँसपुरका युवा २१ बर्षिय बुद्दिवल चर्ती तस्विर : सलिम अन्सारी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ