2026-10-15 11:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लेकबेशीले गर्यो आफ्नै निर्णय खारेज

असोज २१, सुर्खेत | लेकबेसी नगरपालिकाका जनप्रतिनिधिहरुबीच विवाद हुँदा विकास निर्माणको काममा अवरोध सिर्जना भएको छ । वीरेन्द्रनगरमा निर्माणाधिन फोरलेन सडकको निर्माण सामग्री लैजान पत्र काटेको लेकवेशी नगरपालिकाले एकाएक सामग्री ढुवानीमा रोक लगाइदिएको हो ।

आशिष–श्याम एण्ड शंकर जेभीलाई निर्माण सामाग्री लैजानु भन्ने दिइएको अनुमति पत्र नै खारेज गर्ने अवस्थामा नगरपालिका पुगेको छ । निर्माण कम्पनीले वीरेन्द्रनगरको फोरलेन सडक र उक्त सडकमा बनाईने पाँच ओटा पुलका लागि गत आर्थिक वर्षमा जम्मा गरेर राखिएको निर्माण सामाग्री लैजान पत्र लेखेको र सोही पत्रको आधारमा  नगरपालिकाले असोज १८ मा बालुवा गिट्टी ढुवानी गर्न ५ दिनको म्याद दिएको थियो ।

नगरपालिकाले अनुमति दिएता पनि कम्पनीबाट गएका टिप्परहरु स्थानीयहरुले रोकिदिएपछि निर्माण समाग्री ल्याउन दिइएन् । चिठिमा प्रमुख प्रशासकीय अधिकृत टीकाराम ज्ञवालीले हस्ताक्षर गरेका छन् । नगरप्रमुख गगनसिंह सुनारसँगको सल्लाह र कार्यपालिकाको बैठकले गत वर्षको उक्त निर्माण समाग्री लैजान अनुमति दिने निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम कम्पनीबाट टिप्परहरु पठाइएको तर ट्याक्टर व्यवसायीले अवरोध गर्दा सामान ढुवानी गर्न नसकिएको कम्पनीका साईट इन्चार्ज दुर्गा प्रसाद शर्माले जानकारी दिए । ‘हामीले नगरपालिकाले दिएको पत्रका आधारमा निर्माण सामाग्री ल्याउन टिप्पर मगाएका थियौं ।’ उनले भने, ‘तर स्थानीयको अवरोधका कारण हामी पछि हटन बाध्य भयौं ।’ नगरपालिकाका उपमेयर शान्ति छन्तेल, कार्यपालिकाका सदस्य, वडा अध्यक्षका दबाबका कारण आशिष–श्याम एण्ड शंकर जेभीले सामग्री ढुवानी गर्न सकेन् ।

नगरपालिकाले खोलाबाट बालुवा उठाउन टेण्डर आह्वान गरिसकेको छ तर हामीले नयाँ सामग्री उठाउन खोजेका हैनौं’ कम्पनीका साईट इन्चार्ज शर्माले थपे, ‘अनाहकमा हामीलाई खोलाबाट बालुवा उठाएको आरोप लगाएको छ । हामीले गत वर्षकै मौज्दात बालुवा उठान मात्रै खोलेका हौं ।’  

सडक कार्यालयदेखी जिल्ला समन्वय समितिले कम्पनीले मौज्दात राखेको बालुवा उठाउन दिन परिपत्र लेकवेशी नगरपालिकालाई काटेको थियो । तर स्थानीयले कुरै नबुझी उक्साहटमा कम्पनीको पुरानो सामग्री समेत ल्याउन नदिनु न्यायोचित नभएको शर्माको कथन छ । ‘शुक्रबार लेकबेसी नगरपालिकाको चिंगाड खोलामा सर्वपक्षीय बैठक बसेको थियो’ उनले भने, ‘सोही वैठकमा अब कसैले पनि ठेक्का सम्झौता नहुञ्जेल बालुवा नझिक्ने खाले सहमति भएको छ ।’ उनले नगरपालिकाले गत वर्षको निर्माण सामाग्री ओसार्न नदिएका कारण कम्पनीले जारी राखेको काममा अवरोध सिर्जना भएको बताए । लेकवेशी नगरपालिकाका उप–प्रमुख शान्ति छन्तेलले आफुहरुको असहमतिका बावजुद नगर प्रमुख र अधिकृतले पत्र काटेको जानकारी दिइन् । ‘हामीले कार्यपालिकाको बैठकमा उक्त निर्णयको विरोध गरेका थियौं’ उनले भनिन, ‘उक्त विवादलाई समाधान गर्न बैठक नै बसेर आगामी कात्तिक १२ गतेसम्म कसैलाई पनि निर्माण सामग्री झिक्न नदिइने सहमति गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु