2026-08-31 11:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बाल गायक प्रिन्सको “दशै मनाउने हो” सार्वजनिक (भिडियो सहित)

राजेन्द्र आचार्य | असोज २१, चितवन | नेपालीहरुको महान् चाड नजिकएसगैँ नयाँ दशै गीतहरु बजारमा आईरहेका छन् ।

भने पछिल्लो समयमा गीतसंतिमा बाल पुस्ताको सक्रियता समेत बढेको छ । यससगैँ चितवन सौराहाका प्रिन्स सिलवाल पनि आफ्नो दोश्रो गीत बजारमा ल्याएका छन् । पहिलो गीत रेर्कडसगैँ आफ्नो अलग पहिचान दिलाएका उनले दोश्रो गीतको भिडियोसहित बजारमा ल्याएका छ ।

प्रिन्सको “दशै मनाउने हो” गीतको एक समारोहका विच कृषि मन्त्री बलदेव खनालले भिडियोसहित विमोचन गरेका छन् । राष्ट्रिय नाचघर परिसरमा राष्ट्रिय संगितकर्मी संघले आयोजना गरेको वडा दशै शुभकामना आदानप्रदान र सम्मान कार्यक्रममा मन्त्री खनालले प्रिन्सको सो गीत सार्वजनिक गरेका हुन् ।

सोही अवसरमा बालय अवस्थामै संगीत क्षेत्रमा आई फरक क्षमता प्रर्दशन गरेको भन्दै संगितकर्मी संघले प्रिन्सलाई सम्मान समेत गरेको थियो ।

रमेश पाठकको शब्द संगितमा रहेको गीतलाई नरेन्द्र बियोगीले संगित संयोजन गरेका छन् । भने प्रिन्सको साथमा अर्की बाल गायिका दिप्सि भट्टले स्वरमा साथ दिएकी छिन् ।

प्रिन्सको यसअघि ‘न मानामा नापिन्छ माया’ रेर्कड भएपनि केहिदिनमा मात्रै बजारमा आउदैछ । उनले रेर्कड गरेको यो गीत नै राम्रो लागेपछि उनले प्रतिभा देखर आफुले शब्द र संगीत गरि दोश्रो गीत दशै आयो बजार ल्याएको संगीतकार रमेश पाठकले बताए ।

यस्तै दशै आयो गीतको भिडियो भने बुद्ध लामाको निर्देशन गरेका हुन् ।  प्रिन्स सिलवाल र दिप्सि भट्टकै लामाले  काठमाडौंको स्वयम्बु र फुटुम आसपास छायांकन गरिएका हुन् । दिपेन्द्र भट्टले खिचेको भिडियोलाई भट्टलेनै सम्पादन गरेका छन ।

जब नेपालिको महान चाड दशै आउछ तब हरेक बाल बालिकामा देखिने छुट्टै खुसी रौनक्तालाई कलात्मक ढङगले भिडियोमा प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला