2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

इन्डिया फल्प गयो : सुर्य थापा

सलिम अन्सारी, कार्तिक १३ प्युठान । नेकपा एमालेका केन्दृय सदस्य सुर्य थापाले भारतको हस्तक्षेपकारि भुमिका यसपाली असफल भएको बताएका छन। छिमेकी राष्ट भारतले नचाहदा नचाहदै पनि संविधान जारी हुनु र बर्तमान प्रधानमन्त्रीको निर्बाचन हुनु नेपालको राष्टिय स्वाभिमान र स्वतन्त्र निर्णयको जित भएको उल्लेख गर्दै उनले राजनितिक दलहरुले भारतलाई फल्प गराइदिएको बताएका हुन।

surya2

नेपालको नयाँ संविधान र आगामी कार्यभारका बिषयमा राष्टिय जनजागरण अभियान अन्तर्गत नेकपा एमाले प्युठानद्दारा बड्डांडामा आयोजित कार्यक्रमको बिहिवार उद्घघाटन गर्दै युवा नेता थापाले संविधान आफुले भने जस्तो नभएपछी भारतले अघोषित नाकाबन्दि गरेको र नाकाबन्दिले उल्टै उस्ले नोकसानी ब्यहोर्नु परेको बताए।

surya1

भारतबाट नेपालमा असी अर्बको इन्धन भित्रने गरेकोमा नेपालको चिनसँग तेल ल्याउने औपचारिक सम्झौता भए संगै इन्डियाको एकाधिकार तोडिएको उनले बताए। भारतले नेपाललाइ सके सिक्किम नसके फिजी जस्तो बनाएर नेपाल खाने दाउमा रहेको भन्दै नेपालका राजनितिक दलहरु मिलेर अगाडि बढ्ने हो भने भारतको हस्तक्षेपकारी भुमिका एकपछी अर्को गर्दै असफल हुँदै जाने उनले दाबी गरे।सोही अबसरमा बोल्दै नेता थापाले नेपाली कङ्ग्रेस जिम्माली मुखिया प्रबृतिबाट मुक्त हुन नसकेको आरोप समेत लगाए।कङ्ग्रेस बामपन्थिको नेतृत्वमा कुनै पनि हालतमा सरकारमा सहभागी हुन नचाहेकाले उ १६ बुँदे सहमतीबाट पछि हटेको पनि उल्लेख गरे।

सभामुख प्रधानमन्त्री र राष्टप्रमुख पदको सवालमा मुख्य दलहरु बिचमा लिखित रुपमै सहमती भएको उनले बताए। भद्र होइन लिखित रुपमै सहमती भएको हो। उनले भनेूकङ्ग्रेसले धोका दियो। अब एमाले कुनै पनि हालतमा कङ्ग्रेसको पिछेलग्गु नहुने उनको भनाइ थियो।एमालेका केन्दृय प्रचार बिभाग उपप्रमुख समेत रहेका युवा नेता थापाले ३३ प्रतिशत महिला सहभागिता,गणतन्त्र, समानुपातिक समाबेशीको एजेन्डा बामपन्थीहरुले उठाएको ऐजेन्डा भएको स्पष्ट पारे।

देशमा बामपन्थी शक्तिको बहुमत रहेको भन्दै सबै कम्युनिष्टहरु एक हुनुपर्ने उनको धारणा छ।नेपालको कम्युनिष्ट आन्दोलन अब सौर्यमन्डलको रुपमा बिकसित भएको भन्दै एमालेको नेतृत्वमा सबै बामपन्थीलाई एक ठाउँमा ल्याउने उनले बताए।ूरौं मात्र होइन च्याङ्रग्रा लिने हो। उनले भनेू प्रचन्ड,रोहित देखि मोहनबिक्रम सिहँ सम्मका शक्ति सँग एकता गर्ने हो।

युवा नेता थापाले राष्टिय स्वाभिमान राष्टिय स्वाधिन्ताका लागि बामपन्थी एकता अपरिहार्य रहेको धारणा राखे।
सोही कार्यक्रममा बोल्दै एमाले प्युठान अध्यक्ष तुलसीराम शर्मा, एमाले सँसद धन बहादुर रायमाझी लगायतले कङग्रेसले मधेशी दल र भारत सँग भित्री साट्गांठ गरि नेपालमा नाकाबन्दी गरिएको र नाकाबन्दी गरेर एमालेलाइ सत्ता सन्चालन गर्न नदिने प्रपनच रचेको आरोप लगाए।उनिहरुले जनतामा निहित अधिकार अब कसैले हन्न गर्न नस्कने ठोकुवा समेत गरे।

नेकपा एमालेको भुमिकाका कारण जनताले संविधान प्राप्त गरेको बताउदै उनिहरुले अब यसलाइ कार्यान्वयन गर्न कार्यकर्तालाइ निर्देशन समेत दिए। प्युठानमा सन्चालित उक्त जनजागरण अभियान आगामी कार्तिक २० गते जिल्ला सदरमुकाम खलङगामा बृहत् कार्यक्रम गरि सम्पन्न गरिने एमाले प्युठानका उपसचिव मधुर शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई