2026-09-13 10:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ५ मा करार खेती कार्यक्रम सुरु हुँदै, के हो करार खेती कार्यक्रम ?

असोज २१, काठमाडौँ | प्रदेश नम्बर ५ को प्रदेश सरकारले भूमिहीन सुकुम्वासीहरुलाई निःशुल्क जग्गा दिएर खेती गराउने तयारी गरेको छ । सरकारले आफ्नो जग्गा नभएका तर कृषि गर्न चाहेकाहरुलाई करार खेती कार्यक्रम गराउने तयारी गरेको हो ।

यसखाले खेतिमा सहभागी हुन बर्दिया र दाङका भूमिहीनहरुहरु सम्पर्कमा आइसकेका छन् । यसरी खेति गर्नेले जग्गा धनीलाई भने निश्चित शुल्क (भाडा) तिर्नुपर्ने हुन्छ । 

खेती कार्यक्रम भन्नाले बाझो जग्गा पहिचान गरी त्यस्ता जग्गाका धनीसँग स्थानीय तहहरुको रोहबरमा जग्गा भाडा-सम्झौता गरी भूमिहीनलाई खाद्यान्न वा तरकारी, फलफूल खेती गर्न लगाउन दिनु हो । यस खाले प्रणालीले बाँझो जग्गाको उपयोग हुने र जग्गा धनीलाई पनि बाझै राख्नुभन्दा केहि रकम पनि मुनाफा हुने हुन्छ । 

प्रदेश सरकारको नीति बमोजिम यो कार्यक्रममा सहभागी हुन चाहने भुमीहीन तथा प्रसस्त खेति गर्ने जमिना नभएका अर्थात तीन कठ्ठा वा सोभन्दा कम जग्गा भएका किसान सहभागी हुन पाउने छन् । यो कार्यक्रममा सहभागी हुनेलाई सरकारले सहयोग समेत गर्नेछ । जसको लागि प्रदेश सरकारले सुरुको वर्षका लागि रु १० करोड बजेट छुट्टाएको छ । नीति अनुसार एकजना किसानले कम्तीमा एक बिघाहमा खेती अनिवार्य गर्नुपर्नेछ । यस्तो जग्गा सम्याउन र सिंचाइ लगायतका सुविधा पुर्‍याउन पाँच बिघाहाको प्लटमा तीन लाखसम्म अनुदान दिनेछ । 

सरकारले नै जग्गाधनिसंग ५ बर्षदेखि १५ बर्षसम्म भाडा सम्झौता गरिदिने हुनाले खेति गर्नेलाई पनि ढुक्क हुन्छ । खेति गर्न चाहनेलाई सुविधा अन्तर्गत पहिलो वर्ष सरकारले जग्गा भाडावापतको पुरै पैसा तिरिदिने छ भने दोस्रो वर्ष जग्गा लिने किसान र सरकारले ५०/५० प्रतिशत तिर्नुपर्छ । त्यसपछि तेस्रो वर्ष सरकारले २५ प्रतिशत र किसानले ७५ प्रतिशत भाडा तिर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले