२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

सचिबको पदपुर्ती नहुदा सर्वसाधारणलाइ सास्ती

२४ कार्तिक २०७२, मंगलवार ०३:३०

सलिम अन्सारी/ कात्तिक २४, प्यूठान । एउटै गाबिस सचिवले दुइ तिन वटा सम्म गाउँ विकास समितीको काम गर्नुपर्दा सचिबहरुलाइ समस्या भएको छ। प्यूठानका बिभिन्न आठ गाबिसमा सचिवको पदपुर्ती हुन नसक्दा सर्वसाधारण नागरिकले समेत उस्तै सास्ती ब्यहोर्नु परेको छ ।

गाबिसको वजेट रकम पनी बढदै जानु र जनप्रतिनिधीको अभावमा गाबिस सचिबको जिम्मेबारी पनी थपिदैँ जानुले कार्यालयको दैनिक कामकाजमा समस्या उत्पन्न भएको हो। स्थानिय निकायमा जनप्रतिनिधी नभएको अवस्थामा सवै काम गर्दै आएका सचिवलाइ भ्याइनभ्याइ छ।

एउटै गाविस सचिबले दुइ तिन ओटा सम्म गाबिसको कार्यसम्पादन गर्नुपर्दा सेवाग्राहि मर्कामा परेका हुन। एक गाबिसमा रहेका सचिव एकैछिनमा अर्को गाबिसमा पुग्नुपर्ने हुँदा स्थानिय बासिन्दा र सेवाग्राहिलाइ सचिब खोज्दै दिन वित्ने गरेको स्थानियहरु वताउँछन। सचिब कुन बेला आउँछन थाह नै हुँदैन,सेवाग्राहि नमे सोमैले भने यता सचिवहरुलाइ लेखा देखी प्रशासन जनप्रतिनिधी देखी योजनाका काम अनुगमन तथा पन्जिका अधिकारी समेतको काम गर्नुपर्दा समस्या हुने गरेको सम्बन्धित सचिबहरुले बताए। उहि सेवा र सुबिधामा एउटै सचिवले दुइ तिन वटा सम्म गाबिसको काम भ्याउनुपर्दा सेवा प्रभावकारी हुन नसकेको र्हसपुर गाविस सचिव मुक्ती खनालले बताए।

नागरिकता सिफारित नाता प्रमाणित बिवाहदर्ता जन्म मृत्यूदर्ता लगायतका स्थानिय स्तरमा हुने घटनादर्ता गर्न गाउँमा धाउनुपर्ने र बिकासे योजनाको बजेट निकासा दिने चेकमा हस्ताक्षर गराउन सदरमुकाम धाउनुपर्ने समस्याले त झन सचिबहरुलाइ काम गर्न कठिनाइ भएको उनले बताए। गाबिसमा जनप्रतिनिधी नभएकाले गाबिसको बैकँ खाता सचिव र जिविसका योजना अधिकृत लेखा अधिकृतहरुको सँयुक हस्ताक्षर चल्ने भएकाले एउटा चेकमा पनी हस्ताक्षर गराउन सदरमुकाम धाउनुपर्ने अबस्था कायमै रहेको छ। सदरमुकाम पुग्न झन्डै एकदिन लाग्ने गाबिस सचिवलाइ त झन समस्या हुने गरेको छ।

सचिबहरुले दुइ देखी तिन गाबिसको काम एक्लै हेर्नुपर्ने चेकमा हरुताक्षर गराउन जिल्ला सदरमुकाम धाउनुपर्ने र गाउघरमा हुने सामान्य झै झगडाको मुद्दा समेत आफैले हेर्नुपर्ने भएकाले सचिवहरुलाइ असजिलो भएको बताएका छन। एक नगरपालिका सहित ४१ ओटा गाविस रहेको प्यूठान जिल्लामा आठ ओटा गाविसमा सचिवको पदपुर्ती हुन सकेको छैन। सरकारले स्वइच्छिक अवकाश कार्यक्रम ल्यायपछी र जागिरको सेवा अबधि सकिय पछी ति कोटा खाली भएको र गाविसमा पदपुर्ती गर्न नसकिएको जिविस श्रोतले बतायो ।

जिबिसका अनुसार जिल्लाका दुइ तिन जना गाबिस सचिब रवाना लिइ जान लागेको जान लागेको र ति गाविसमा पनी पद रिक्त रहने स्थिती देखिएको छ। कोटा पुर्ती गर्न लोकसेवा आयोगमा माग गरिएको स्थानिय बिकास अधिकारी शिव प्रशाद रेग्मिले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ