२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा वालविवाह विरुद्धको एक महिने अभियान सुरु

२ मंसिर २०७२, बुधबार ०२:३१

मंसिर २, प्यूठान । जिल्लामा ‘वालविवाह विरुद्धको एक महिने अभियान’ सुरु गरिएको छ । अभियानको वारेमा महिला तथा वालवालिका कार्यालय प्यूठानले सोमवार पत्रकार भेटघाट गरी जानकारी गराएको छ ।

२०६९ मा जिल्लाका आठ गाविसमा गरिएको सर्वेक्षण अनुसार वालविवाह बढी देखिएका उक्त गाविसहरुलाई छनौट गरी सचेतनामुलक अभियान चलाइएको महिला तथा वालवालिका अधिकृत शान्ती वि.क.ले जानकारी दिनुभयो । गोठिवाङ, भिंगृ, बर्जिवाङ, र प्यूठान नगरपालिका–१८, १९ (साविकको खैरा गाविस) मा पहिलो पटक अभियान सञ्चालन गरिएको हो ।

कार्यक्रम अन्तर्गत सम्वन्धित गाविसमा रहेका निमावि, मावि विद्यालयमा बाल विवाह र यसको असर विषयक वक्तृत्वकला, कथा लेखन, ‘वाल विवाह हुन्न भनौँ’ विषयमा निवन्ध प्रतियोगिता र शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रमुख सामाजिक समस्याको रुपमा रहेको वालविवाहलाई न्यूनीकरण गर्नका लागि वाल विवाह विरुद्धमा हस्ताक्षर संकलन, वडा स्तरमा घरदैलो तथा -याली प्रदर्शन, अन्तरक्रिया, महिला हिंसा विरुद्धको लोगो(सेतो रिवन) वितरण र सडक नाटक प्रदर्शन लगाएतका कार्यक्रमहरु सञ्चालन हुने महिला विकास अधिकृत वि.क.ले जानकारी दिनुभयो । अभियानलाई सफल बनाउन सवै क्षेत्रबाट रचनात्मक सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

अभियान सञ्चालनका लागि सात लाख ९२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको छ । अभियान सफल बनाउनका लागि जिल्लामा सञ्चालित संचारमाध्यम र संचारकर्मीहहरुले सहयोग गर्ने नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष गिरुप्रसाद भण्डारीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।महिला तथा वालवालिका कार्यालय प्यूठानले अगुवाई गरेको अभियानमा जिल्ला वाल कल्याण समिति, जिल्ला विकास समिति, कालिका विकास केन्द्र नेपाल, सेभ द चिल्ड्रेन, संयूक्त राष्ट्र संघिय जनसंख्या कोष (यूएनएफपिए), महिला सहयोग मञ्च र नेपाल पत्रकार महासंघ प्यूठान लगाएतका संघ संस्थाहरुले सहकार्य गरेका छन् ।

बाल अधिकार अधिकृत यादव प्रसाद खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा महिला विकास अधिकृत वि.क.ले अभियानको विषयमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ