२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा वालविवाह विरुद्धको एक महिने अभियान सुरु

२०७२, २ मंसिर बुधबार ०२:३१

मंसिर २, प्यूठान । जिल्लामा ‘वालविवाह विरुद्धको एक महिने अभियान’ सुरु गरिएको छ । अभियानको वारेमा महिला तथा वालवालिका कार्यालय प्यूठानले सोमवार पत्रकार भेटघाट गरी जानकारी गराएको छ ।

२०६९ मा जिल्लाका आठ गाविसमा गरिएको सर्वेक्षण अनुसार वालविवाह बढी देखिएका उक्त गाविसहरुलाई छनौट गरी सचेतनामुलक अभियान चलाइएको महिला तथा वालवालिका अधिकृत शान्ती वि.क.ले जानकारी दिनुभयो । गोठिवाङ, भिंगृ, बर्जिवाङ, र प्यूठान नगरपालिका–१८, १९ (साविकको खैरा गाविस) मा पहिलो पटक अभियान सञ्चालन गरिएको हो ।

कार्यक्रम अन्तर्गत सम्वन्धित गाविसमा रहेका निमावि, मावि विद्यालयमा बाल विवाह र यसको असर विषयक वक्तृत्वकला, कथा लेखन, ‘वाल विवाह हुन्न भनौँ’ विषयमा निवन्ध प्रतियोगिता र शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रमुख सामाजिक समस्याको रुपमा रहेको वालविवाहलाई न्यूनीकरण गर्नका लागि वाल विवाह विरुद्धमा हस्ताक्षर संकलन, वडा स्तरमा घरदैलो तथा -याली प्रदर्शन, अन्तरक्रिया, महिला हिंसा विरुद्धको लोगो(सेतो रिवन) वितरण र सडक नाटक प्रदर्शन लगाएतका कार्यक्रमहरु सञ्चालन हुने महिला विकास अधिकृत वि.क.ले जानकारी दिनुभयो । अभियानलाई सफल बनाउन सवै क्षेत्रबाट रचनात्मक सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

अभियान सञ्चालनका लागि सात लाख ९२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको छ । अभियान सफल बनाउनका लागि जिल्लामा सञ्चालित संचारमाध्यम र संचारकर्मीहहरुले सहयोग गर्ने नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष गिरुप्रसाद भण्डारीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।महिला तथा वालवालिका कार्यालय प्यूठानले अगुवाई गरेको अभियानमा जिल्ला वाल कल्याण समिति, जिल्ला विकास समिति, कालिका विकास केन्द्र नेपाल, सेभ द चिल्ड्रेन, संयूक्त राष्ट्र संघिय जनसंख्या कोष (यूएनएफपिए), महिला सहयोग मञ्च र नेपाल पत्रकार महासंघ प्यूठान लगाएतका संघ संस्थाहरुले सहकार्य गरेका छन् ।

बाल अधिकार अधिकृत यादव प्रसाद खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा महिला विकास अधिकृत वि.क.ले अभियानको विषयमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ