२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका कृषकलाइ यस बर्ष अदुवा नबिक्ने चिन्ता

१८ मंसिर २०७२, शुक्रबार ०१:४४

सलिम अन्सारी, मंसिर १८, प्युठान / प्युठानका किसानलाइ यो बर्ष उत्पादन भएको अदुवा बिक्री नहुने चिन्ताले पिरोल्न थालेको छ। भारतको अघोषित नाकाबन्दिका कारण इन्धन अभाव हुँदा जिल्ला बाहिरका अदुवा व्यापारी खरिद गर्न हाल सम्म पनि नआउँदा किसान चिन्तीत बनेका हुन।ठूलो मात्रामा अदुवाको कारोवार हुने यो बेलामा अदुवाको निर्यात ठप्प बनेपछी किसानले राम्रो मूल्य पाउन नसकेका हुन।

जिल्लाकै सबै भन्दा बढी अदुवा उत्पादन हुने हंसपुर ढुङ्गेगदी तिराम मर्काबाङ गाबिसका किसानले उत्पादन गरेको अदुवा जिल्लाका ब्यापारिले खरिद गरि गोदाम मै थन्काएका छन।किसानले उत्पादन गरेको अदुवा छिटपुट बजार ल्याउने क्रम नरोकिए पनि यहाँबाट बाहिरी जिल्ला र भारतिय बजारमा निर्यात गर्न नसक्दा अदुवा थन्काउनु पर्ने भएकाले ब्यापारिले पनि थोरै मुल्यमा खरिद गर्ने गरेका छन।

अदुवा निर्यात हुन नसक्दा अदुवाबाट राम्रो आम्दानी गर्ने सोचमा रहेका कृषक निरास बनेको ऐरावती बहुउद्द्यशिय सानाकिसान सहकारी संस्था बड्डाडाँले बताएको छ।अदुवा बिक्री नहुदाँ वारि मै कुहिने अबस्थामा पुगेको किसानहरु बताउछन। यस भेगका झन्डै ७ सय किसान अन्नबाली छोडेर अदुवा खेती तर्फ लागेको सहकारीको तथ्याङ्क छ।

जिल्लामा करिव दुई सय बीस हेक्टर क्षेत्रफल जमिनमा अदुवा खेती गरिदै आएको छ।गत बर्ष जिल्लामा दुई हजार आठ सय पचहत्तर मेटृक्टन अदुवा उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालय प्युठानले बताएको छ।मधेश आन्दोलन र अघोषित नाकाबन्दिका कारण यो बर्ष कृषकले ठूलो नोक्सानी ब्योहर्नु परेको बरिष्ट कृषि बिकास अधिकृत शिवनारायण चौधरिले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ