२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडी–दार्चुला जोड्ने पुल जीर्ण बन्दै

२०७५, २३ आश्विन मंगलवार ०३:४०

असोज २३, बैतडी (रासस) | बैतडी–दार्चुला जोड्ने चमेलिया नदीमा हरेको पक्की पुल जीर्ण बन्दै गएको छ । आर्थिक वर्ष २०५९/६० मा निर्माण गरिएको सो पुलले बैतडीलाई दार्चुलासँग जोडेको छ । 

दार्चुला–बैतडी सडक खण्डमा पर्ने सो पुल जीर्ण अवस्थामा पुगेपनि मर्मतको पहल नभएको स्थानीय व्यापारी सुरेश श्रेष्ठ बताउनुहुन्छ । दार्चुलालाई सडक सञ्जालसँग जोड्ने १२० मिटर लामो सो पुल रु पाँच करोडमा निर्माण भएको हो । सोह्र वर्षअघि निर्माण पूरा भएको पुलको समयमा मर्मत र संरक्षण नहुँदा कमजोर बन्दै गएको छ । “निर्माणपछि पुल मर्मत गरिएको छैन,” उहाँले भन्नुभयो । 

उक्त पुल निर्माणसँगै दार्चुला राज्यको सडक मार्गसँग जोडिएको हो । गुणस्तरयुक्त काम नहुँदा पुल जीर्ण बदै गएको स्थानीयवासी तिलक साउदले बताउनुभयो । चमेलिया पुलले बैतडी र दार्चुलाको आर्थिक वृद्धिमा टेवा पुर्याएको छ भने देशका विभिन्न स्थानबाट आउने सयौं यातायातका साधन यही पुल भएर भित्रिने गरेका छन् । क्षमताभन्दा बढी र ठूला यातायातका साधनका कारण पुल जीर्ण बन्दै गएको हो । वर्खामा पानी पुलमै जम्मा हुने गरेको स्थानीयवासी अमरराज जोशी बताउनुहुन्छ । “पानी जम्मा भएका बेला पैदल हिँडडुल गर्नसमेत सकिन्न,” उहाँले भन्नुभयो । 

पुलमा आवतजावत गर्दा समेत हल्लिने गरेको स्थानीयवासी दानसिंह थलाल बताउनुहुन्छ । पुलको खम्बामा खिया लागेको छ । पुल मर्मतमा स्थानीय तहले समेत चासो देखाएका छ्रैनन् । नदीले कटान गर्न थालेपछि पुल झन जोखिममा परेको छ । बजार क्षेत्रको फोहर फाल्ने ठाउँ पनि चमेलिया नदी बनेको छ । बैतडी–दार्चुला सडक आयोजनाले निर्माण गरेको उक्त पुलको अवधि ५/६ वर्ष मात्रै भएको सडक डिभिजन कार्यालय पाटन, बैतडीका इञ्जिनीयर शङ्कर खनालले बताउनुभयो । “कालोपत्र उप्कदैमा पुल जीर्ण हुँदैन,” उहाँले भन्नुभयो । सिङ्गल लेन भएको पुलमा एकै पटकमा धेरै गाडी ओहरदोहर गरेका कारण असर पुर्याएको उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी