२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

खर्च जुटाउन काठमाडौं लागे राउटे

२०७५, २३ आश्विन मंगलवार ०४:००

असोज २३, सुर्खेत । दैलेखबाट केही साता अघिमात्र सुर्खेत बसाई सरेका फिरन्ते राउटे काठमाडौं हानिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राउटेका मुखिया हरिबहादुर शाहीको नेतृत्वमा ४ जना काठमाडौं हिडेका हुन् । चाडपर्व नजिकिएसँगै खाने र लाउनेको पिरलोमा उनीहरु प्रधानमन्त्रीलाई भेटन गएका हुन् ।

सोमबार विहान उनीहरु सुर्खेतबाट काठमाण्डौका लागि गाडि चढेका छन् । दशैं आइसक्दा लत्ता कपडा नभएकाले प्रधामन्त्रीलाई भेट्न जान लागेको मुखिया शाहीले बताए। ‘चाडपर्व नजिकै आइपुग्यो । के गर्ने? केही मार छैन, के खान्या, के लाउन्या ।’ उनले भने,‘मन्त्रीलाई भेटर मार (बली), पहेला, सेता नयाँ लुगा, कपडा दिनुपर्‍यो भन्छु ।’ आफुलाई जनताले पनि मन्त्रीसँग खाने र लाउने माग्न पठाएको बताए । 

अहिले जङ्गलमा काठ पाउन छोडेको भन्दै काठका भाडा पनि बनाउन नपाएको उनी बताउँछन् । ‘पहिले जङ्गलमा रुखहरु हुन्थ्यो, अहिले काठ पनि पाउँदैन के गर्ने ? नत्र आफुलाई गुजारा गर्न हामीले आफै बनाएको भाडा पनि हुन्थ्यो।’ मुखिया शाहीले,‘खान्या, लाउन्यायै समस्या भयो । सरकारले नदिएर कसले दिने मन्त्रीलाई भेटर यही भन्छु।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी