२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा पहिलो पटक पोषिलो खाना प्रदर्शनी हुंदै

२०७२, २४ पुष शुक्रबार ०४:०७

सलिम अन्सारी/ पुस २४, प्यूठान । प्युठानमा पोषिलो खाना प्रदर्शनी मेला आयोजना हुने भएको छ। जिल्ला कृषि विकास कार्यालय प्यूठानको आयोजनामा जिल्लामा पहिलो पटक पोषिलो खाना प्रदर्शनी मेला हुन लागेको हो।

यहि पुस २८ गते देखि शुरु हुने मेला तीन दिन सम्म सन्चालन गरिने बताइएको छ। जिल्लाको प्युठान रोल्पा सडक खण्ड अन्तर्गत भिङ्ग्री बजारमा हुन लागेको कार्यक्रमको सहआयोजकमा सुआहारा कार्यक्रम, मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्र प्युठान युएसएआइडी किसान परियोजना रहेका छन।

जिल्लास्तरीय कृषि मेलासँगै जोडेर पोषिलो खाना प्रदर्शनी गर्न लागिएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ। उक्त प्रदर्शनिमा पोषिलो खानाका परिकारहरु पकाउने विधि तथा खाना परिकार राखिने कृषि बिकास कार्यालयका योजना बिकास अधिकृत उमेश श्रेष्ठले जानकारी दिए। सोही अबसर कृषिजन्य उत्पादन समेत राखीने जनाइएको छ।

त्यसैगरी कृषि बालीतर्फ खाद्यान्न बाली, दलहन तथा नगदे बाली, फलफूल बाली, तरकारी बाली, आलु बाली, माछा तथा हाँस, मौरी, तरुल, मसला बाली, कफी, अलैचीलगायतका वस्तुहरु प्रदर्शनीमा राखिने योजना अधिकृत श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा