२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा पहिलो पटक पोषिलो खाना प्रदर्शनी हुंदै

२४ पुष २०७२, शुक्रबार ०४:०७

सलिम अन्सारी/ पुस २४, प्यूठान । प्युठानमा पोषिलो खाना प्रदर्शनी मेला आयोजना हुने भएको छ। जिल्ला कृषि विकास कार्यालय प्यूठानको आयोजनामा जिल्लामा पहिलो पटक पोषिलो खाना प्रदर्शनी मेला हुन लागेको हो।

यहि पुस २८ गते देखि शुरु हुने मेला तीन दिन सम्म सन्चालन गरिने बताइएको छ। जिल्लाको प्युठान रोल्पा सडक खण्ड अन्तर्गत भिङ्ग्री बजारमा हुन लागेको कार्यक्रमको सहआयोजकमा सुआहारा कार्यक्रम, मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्र प्युठान युएसएआइडी किसान परियोजना रहेका छन।

जिल्लास्तरीय कृषि मेलासँगै जोडेर पोषिलो खाना प्रदर्शनी गर्न लागिएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ। उक्त प्रदर्शनिमा पोषिलो खानाका परिकारहरु पकाउने विधि तथा खाना परिकार राखिने कृषि बिकास कार्यालयका योजना बिकास अधिकृत उमेश श्रेष्ठले जानकारी दिए। सोही अबसर कृषिजन्य उत्पादन समेत राखीने जनाइएको छ।

त्यसैगरी कृषि बालीतर्फ खाद्यान्न बाली, दलहन तथा नगदे बाली, फलफूल बाली, तरकारी बाली, आलु बाली, माछा तथा हाँस, मौरी, तरुल, मसला बाली, कफी, अलैचीलगायतका वस्तुहरु प्रदर्शनीमा राखिने योजना अधिकृत श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह