२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

पर्यटकको पर्खाइमा प्युठानको किमिचौर दह

२६ पुष २०७२, आईतवार ०५:४३

kimichaur daha Pyuthan

सलिम अन्सारी । पुस २६, प्युठान । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको प्युठानको किमिचौर दह प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । ऐतिहासिक क्षेत्रमा राज्यको आँखा नपुग्नु र स्थानियस्तरमा पनि जनचासोको कमिले गर्दा दहको प्रचारप्रसार हुन नसकेको हो ।

जिल्लाको भालुबाङ प्युठान सड्कखण्ड अन्तर्गत थकलेनी देखि पैदल ३ घण्टा र घोराही देबिस्थान सडकको लोहारपानी देखि पनि ३ घण्टा पैदल हिडेपछी यहाँ पुग्न सकिन्छ । तिराम ७ मा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपुर्ण किमिचौर दहको प्रचार प्रसार गर्न सकिए आन्तरिक तथा बाह्र्य पर्यटकको आगमन हुने स्थानिय बासिन्दाहरु बताउँछ्न । वरिपरि सल्लेरिघारीको बिचमा अबस्थित यस दहमा प्रत्यक बर्षको पुस मसान्त र माघेसक्रान्तिको दिन विशेष मेला लाग्ने गर्छ । यस बाहेक अरु बेला पनि जिल्लाबासी मनोरन्जनका लागि बनभोजका लागि समेत यहाँ जाने गर्छन् । पुस मसान्तको दिन यहाँ रातभर स्थानिय संस्कृती झल्कने गित नृत्य सहित मेला लाग्ने गर्छ । यस्तै त्यस्को भोलिखेर माघेसक्रान्तिको दिन परम्परा अनुसार दहमा पुजा गर्ने चलन छ।यहाँ भाकल गरेर पुजापाठ गरे मनले चिताएको पुग्ने,वर मागे अनुसार फल प्राप्ती हुने धार्मिक बिश्वास रहेको स्थानिय डोर बहादुर पुनले बताए।

दहमा पुजा गर्न प्युठान लगायत छिमेकी जिल्ला दाङ, कपिलबस्तु,गुल्मी,रोल्पा,अर्घाखाँची सल्यान जिल्लाबाट तिर्थालु भक्तजनहरु आउने गर्छन। अनौठो बिशेषता बोकेको यो दह धमिलो भएमा पानी पर्ने र दह सफा भएमा पानी बन्द हुने गरेको स्थानिय जित बहादुर राहुँले बताए । उनी भन्छ्न,’बराहको शक्तिले यो ठाउँमा पुजाआजा गरेमा कुनै रोगब्याथी समेत लाग्दैन।’ यो दह दाङको बार्हकुने दहबाट छुट्टिएर आएर तिनकुने दह भएको किबँदन्ती छ । सरोकारवाला निकायले यसको बारेमा चासो देखाउनुपर्ने स्थानियको भनाइ छ । दहको संरक्षणका लागि केही समय अघि स्थानिय दोर्ण बिकको नेतृत्वमा दह ब्यबस्थापन समिती समेत गठन गरिएको छ ।

यसैगरि थकलेनिबाट यो दहमा जाने बाटोमा पर्ने सोलिघोप्टे भन्ने स्थानको ठूलो पहरोमा ढुङ्गाको शिवलिङ्ग सर्प भ्यागुता र मान्छेका आकार कुँदिएका चित्र समेत देख्न सकिन्छ । यस दहदेखि माथी अग्लो श्रमैरानी लेक अबस्थित छ । भुरेटाकुरे राजाको पालामा यस लेकमा बैशाख पुर्णिमाको अबसरमा भव्य मेला लाग्ने गर्द्छ।यो लेकमा भ्यु टावर बनाउन सके नेपालका विभिन्न उच्च हिमशृङ्खला तथा बेशी फांट्मा रहेका तराइ र भारतको गोरखपुर गोडां लगायतका दर्जनौ ठाउँ देख्न सकिने स्थानियहरु बताउँछ्न् ।

kimi chaur daha Parbat

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ