पुस २७, प्युठान / स्थानिय कला प्रतिभाको बिकास गर्न र लोप हुन लागेको संस्कृतीको संरक्षण गर्ने उध्यश्यका साथ प्युठानमा माघे सक्रान्ती विशेष बृहत् सास्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
प्युठान नगरपालिका ११ चेरनेटा स्थित सालघारी( मान्डवी नदि किनार)मा माघ १ गते हुने कार्यक्रममा विभिन्न बिधाका स्थानिय तथा राष्टिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ। कार्यक्रममा बहुचर्चित लोक तथा दोहोरी गायक बद्री पङ्गिनी, गायक तथा संगितकार राजकुमार टराली, रामप्रसाद पाण्डे गायिका भगवता केसि, शोभा सामत हास्यब्यङ्गय कलाकार तर्फ युबराज जिसि,सुजन न्यौपाने त्यतै नायक नायिका रिमेश बराल काजोल खनाल लगायत विभिन्न झांकिहरुको प्रस्तुती रहने कार्यक्रम संयोजक टंक केसिले जानकारी दिए।
उनका अनुसार सोही अबसरमा सराय नाच, माडी खोले नाच लगायतका स्थानिय संस्कृती झल्किने नाचहरु समेत देखाइने छ। माघ १ गते माडी नदि किनार भलापाटामा सन्चालन गरिने कार्यक्रमको प्युठानको लोकप्रीय अनलाइन न्युज ऐरावती डटकम, रङ्गपोष्ट डटकम,अनलाइन लुम्बिनी,फ्लिमिखबर डटकम, सेलिबेट्री नेपाल डट्कम, आलाप रेकर्डिङ स्टुडियो त्यस्तै रेडियो कृपालु, रेडियो माण्ड्वी रेडियो लिस्ने आवाज प्युठान स्वर्गद्धारी टेलिभिजन कार्यक्रमका अफिसियल मिडिया रहेको बताइएको छ।
गायक तथा संगितकार राजकुमार टरालिको एकल आयोजनामा हुन लागेको उक्त कार्यक्रम मा जिल्ला स्थित विशिष्ट ब्याक्तित्वको सहभागिता रहने गायक तथा संगितकार राजकुमार टरालिले बताए।कार्यक्रम सन्चालन हुने दिन नजिकिदै गर्दा प्रचारप्रसारलाइ तिव्र पारिएको उनले जानकारी दिए।