२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानका विभिन्न ठाँउमा माघी मेला लाग्दै

२०७२, ३० पुष बिहीबार ११:०७

 पुस ३०,  प्युठान । जिल्लाका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुमा आज  माघे सक्रान्ति मेला लाग्दैछन् । झिमरुक नदिको उत्गम स्थल गौमुखी, झिमरुक नदि र माण्डवी नदिको संगम स्थल ऐरावती, तिरामको किमिचौर दह, मरण्ठानाको बुलवुल मुल बाइसधारा लगायत स्थलहरुमा भव्य मेला लाग्दैछन् ।

पुस मसन्ता देखि यहाँ मेला शुरु हुने गर्दछ। माघ महिनाको पहिलो दिन यि स्थानहरुमा स्नान गरेमा वर्षभरी जानेर वा अन्जानमा भएका गल्ती पखालिन्छ भन्ने धार्मिक बिश्वास रहिआएको छ । माघे सक्रान्तिको दिन खिचडी खाने, विभिन्न प्रकारका तरुल, विभिन्न प्रकारका रोटीहरु खाने चलन छ ।

हरेक बर्ष पर्यटन सम्वन्धी गतिविधि संचालन भैरहदाँ स्वर्गद्धारीलाई केन्द्रित गरेर कार्यक्रमहरु संचालन भैरहे पनि यस पटक विभिन्न स्थानमा  सांस्कृतिक  कार्यक्रम संचालन गरिएको छ । स्थानिय कला भाषा र लोपउन्मुख संस्कृतीको जगेर्नाका साथै पर्यट्न बिकासका लागि मेलाको आयोजना गरिएको आयोजकले जानकारी दिएका छ्न।

माघे सक्रान्तिकै अवसर पारेर झिमरुक नदि र माण्डवी नदिको संगम स्थल ऐरावतीमा पनि नुहाउनेहरुको निकै घुइचो लागेको छ । राप्ती नदि बन्ने यस स्थानमा नुहाउनका लागि प्यूठानको दाङवाङ, ढुङ्गेगढी, वांगेशाल, अर्घाखाँचीको सिद्धारा जलुके, धनचौर, जुकेना लगाएत विभिन्न स्थानहरुबाट दर्शनार्थी आउने क्रम शुरु भएको छ । भालुवाङ्ग–प्यूठान सडक सडक खण्डमा पर्ने बड्डाडाँ बजारदेखि करिव १८ किलोमिटर कच्चि सडक पार गरि माण्डवी नदि माथि बनेको झोलुंगे पुल तरिसकेपछि ऐरावती पुग्न सकिन्छ । पुसको अन्तिम दिन राती स्थानीय सोरठी नाँच, लोक गित, भजन क्रितन कार्यक्रम गरी माघे संक्रान्तिको दिन दोभानमा नुहाउने गरिएको छ ।

माघे सक्रान्तिको अवसरमा प्यूठानको स्वर्गद्धारीमा खिचडी मेला संचालन भैरहेको छ । हरेक वर्ष माघे सक्रान्तिको बेला हुने खिचडी मेला माघको पहिलो हप्ताभर संचालन हुने स्वर्गद्धारी आश्रमले जनाएको छ । खिचडी मेला भर्न नेपालका विभिन्न ठाँउका साथसाथै भारतको उत्तरप्रदेश लखनउबाट बढि भक्तजन आउने गरेका छन् ।

गौमुखीमा स्थानीय क्लव तथा संघसस्थाहरुको आयोजनामा गौमुखी मेलाको आयोजना गरिएको छ । स्थानीय लोक सस्कृतिको विकास, पर्यटकीय स्थलको विकास, ग्रामिण एवं बाह्य पर्यटन प्रवद्र्धनगर्ने उद्देश्ले मेला आयोजना गरिएको हो । आइतवार विहानै गाईको मुख जस्तो आकारबाट छङछङ बग्ने चिसो पानीमा नुहाउनेहरुको घुँइचो लागेको थियो । दर्शनार्थीहरुलाई प्रसाद वितरण र भजन सहित स्थानीय लोक सास्कृतिक प्रदर्शनी कार्यक्रम समेत गरिएको छ ।  गौमुखी पुग्नका लागि अर्खासम्म कच्चि मोटरबाटो पुगेकाले दर्शनार्थीको संख्यामा बृद्धि भएको स्थानीयले बताएका छन् ।

यसै गरी प्युठानको तिराम गाविसको  वडा नम्बर ७ स्थित किमिचौर गाउँमा रहेको किमिचौर दहमा पनि मेला लागने त्यहाँका स्थानीयबासीहरुले जनाएका छन् । यहाँ पनि प्रत्येक वर्ष माघीको समयमा मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन