२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

माघेसक्रान्ती मेलामा लोकगायक बद्रीले यसरी रुवाए…

१ माघ २०७२, शुक्रबार १५:२४

badri pangeni

सलिम अन्सारी । माघ १, प्युठान । प्युठान नगरपालिका ११ सालघारी भलापाटामा आयोजित माघेसक्रान्ती मेलामा आएका लोक दोहरी गायक बद्री पंगेनीले स्टेजमा उक्लिएसँगै पररर ताली बज्यो । बिदेश गएको छोरा बनेर परदेशी छोराका आमालाई धुरुधुरु रुवाईदिएका छन् । गित मार्फत उनले भनेका थिए ‘आमा बिदा पाउंदिन, अहिलेको साल पनि आमा घर आउंदिन ।’

शुक्रवार बद्रीले गीत गाउन शुरु गरे लगतै मेला हेर्न आएका थुप्रै आमा रुन थालेका थिए । धेरैले आफ्नो मोबाइल र क्यामेराले फोटो तथा भिडियो खिच्न थाले। आमालाई भुलाउन स्टेजबाट तल झरेका बद्रीले पनि आफूलाई थाम्न सकेनन् । माइकको छेल पारी आफ्नो आँखाको आसु पुछे । कार्यक्रम चलिरहंदा विदेशमा रहेका छोराले घरको सम्झना गरिरहेको भन्दै बद्रीले गित मार्फत व्यक्त गरेपछि प्रवासमा रहेका छोरा सम्झेर आमाहरु धुरुधुरु रोएका हुन ।

आंफुले गाएको गीतमा रोएका आमाहरुलाई सम्झाउंदै बद्रीले मन्चबाटै युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था सुनिश्चित हुनुपर्ने बताएका थिए ।‘कसैका छोराछोरी पनि विदेश जान नपरोस्, नेपालमै आमाबाबुसँगै बस्ने पाइयोस् ।’ बद्रीले, ‘कोही पनि नेपालीले पेट पाल्न विदेशी भूमिमा गएर रगत पसिना बगाउन नपरोस् ।’ मञ्च प्रवेशसंगै दर्शक रुवाएका पंगेनीले एकैछिनमा दर्शकलाई छमछमी नचाएका थिए ।

‘रातो पछ्यौरी अनि तातो पछौरि,’ बोलको गित शुरु गर्नासाथ मेलाको रुपरङै फेरियो दर्शकहरु फेरि ताते। हजारौ दर्शकहरुलाइ जनताका गायक भनेर चिनिने कलाकार पङ्गेनिले ‘अझै नि लोकतन्त्र आको छैन है’, ‘खान्न म त पिँडालु कोक्कायो ’ जस्ता लोकप्रिय गीत गाएर उनले दर्शकलाई मात्र होइन मन्चमा बसेका सबै अतिथिलाइ समेत नचाए । आफै समेत नाच्दै निस्किएका उनलाई मेला हेर्न आएका युवा, बृद्ध र बालबालिकाले समेत नाचेर साथ दिएका थिए । मन्चबाट गाउँदै र नाच्दै दर्शक दिर्घा नजिक पुग्दा प्रहरिलाइ भिड नियन्त्रण गर्न हम्मे-हम्मे परेको थियो। मेलामा मंगलवार नै हांस्यकलाकार द्धय युवराज जिसि सुजन न्यौपाने लोक गायक भरत गुरुङ, राजकुमार टराली त्यस्तै नृत्यकार शोभा सामत, अन्जलि अधिकारी, रेखा अर्याल लगायतले उपस्थित दर्शकलाइ भरपुर मनोरन्जन दिएर तताए । कार्यक्रम गायक तथा संगितकार राज कुमार टरालिको एकल आयोजनामा सम्पन्न भएको हो।

news parbat

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ