२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा वृद्धि, कारोवार रकम घट्यो

२०७५, २५ आश्विन बिहीबार १०:३३

असोज २५, काठमाडौँ | धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९ दशमलब ९५ बिन्दुले बढेर एक हजार २२८ दशमलब २८ बिन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २ दशमलब ३६ बिन्दुले बढेर २६१ दशमलब ४ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भए पनि कारोवार रकममा भने उल्लेख्य वृद्धि हुन सकेन । कूल १६५ कम्पनीको आठ ६२ हजार ३६८ कित्ता शेयर रु २५ करोड २२ लाख ९१ हजार ५४० मूल्य बराबरको शेयर कारोवार भएको छ । आज कूल दश उपसमूहको शेयर कारोवार भएकोमा दुई उपसमूहको शेयर कारोवारमा भने घटेको छ । 

होटल ३५ दशमलब ३८ र उत्पादन समूह १२ दशमलब ४३ बिन्दुले घटेको छ । यस्तै बैंकिङ १२ दशमलब २७, विकास बैंक ११ दशमलब ८८, जलविद्युत् १ दशमलब ९४, वित्त ५ दशमलब ७२, निर्जीवन बीमा ४९ दशमलब ४३, अन्य ५ दशमलब ३२, माइक्रोफाइनान्स ९ दशमलब ६ र जीवन बीमा ७ दशमलब ७७ बिन्दुले बढेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु