२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

साउदिबाट डेढ महिना सम्म पनि शव आएन

११ माघ २०७२, सोमबार ००:२३

saudi 1लिम अन्सारी/ माघ ११, प्युठान । धन कमाउन खाडी मुलुक पुगेका २७ बर्षका प्रकाश घर्ती मगरको जिउदो शरीर अब कहिल्यै घर फर्कने छैन। डेढ महिना अघि साउदी अरबमा कोठामा सुतिरहेकै बखत मृत्यु भएपछी उनको मृत शरीर समेत घर आइपुगेको छैन।

प्युठानको बेलबास १ टिमिले गाउका प्रकाश रोजगारका लागि १९ महिना अगाडि साउदी अरब पुगेका हुन । मृत्युको खबरले पीडा दिएको परिवारमा शब नआउदा थप पीडा थपिदिएको छ । ू मृत्युको खबर आयो शब आएन, मृत्यु भएको डेढ महिना बितिसक्यो।ू मृतकका बुवा कुलमान घर्ती मगरले भने,ू विभिन्न निकायमा धाइसके तर शब अझै आएन।ू

शब झिकाउनका लागि सहयोग गर्न भन्दै घर्तिले रोजगारिमा पठाउने मेनपावर कम्पनिमा पुगेको तर चासो नदिएको गुनासो गरे।चिठी लेखेर पठाएका छौ अब चाडो आइहाल्छ भनेर टार्छन। घर्तिले भने मृत्यु भए लगत्तै धाउदा पनि अहिले सम्म शब ल्याउन सकिएन। पत्नि र बाबुआमा भने प्रकाशको मृत्युको खबरले दैनिक जस्तो मुर्छा पर्ने गरेका छन। जिबित नदेखे पनि मरेको अनुहार देख्न पनि मुस्किल पर्यो।मृतकका बुवा भन्छ्न।

मृत्युको खबर पाउने बित्तिकै शब ल्याउन पहल सुरु गरि साउदिमा रहेको दुतावासमा समेत पत्राचार गरिसकेको समेत उनले जानकारी दिए।छोराको श्रम सम्झौता बिमा लगायतका सबै प्रक्रीया पुगेको भए पनि सरकारी तवरबाट उपयुक्त कदम नचाल्दा समस्या भएको उनले बताए।शब न आउँदा घरको काजक्रीया गर्न समेत समस्या हुनुका साथै घरपरिवारमा समेत रुवाबासी चलिरहेको छ। दिनभरको नियमित काम सकेर कोठामा पुगेका प्रकाशको हट्टट्याकका कारण ज्यान गएको हो।

काठमान्डौको अक्सफोर्ड इन्टरनेशनल कम्पनी मार्फत रोजगारीका लागि साउदी पुगेका उनले अलमजाइ अलअरबी नामक अस्पतालमा क्लिनरको काम गर्दै आएका थिए।आर्थिक अबस्था कमजोर रहेको उनको परिवार अहिले शोकमा डुबेको छ।

saudi

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ