2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा क्रियाशिल पत्रकार पौडेल सम्मानित

१५ माघ प्युठान

प्युठानमा कृयाशिल पत्रकार दिपा पौडेललाई सम्मान गरिएको छ।
लिस्ने जनसञ्चार राष्टिय साप्ताहिक कि प्रधान सम्पादक पौडेललाई निर्भिक पत्रकारीता पुरस्कारबाट सम्मान गरिएको । आर एण्ड आर ट्रेड लिंक वाग्दुलाद्धारा स्थापित ११ हजार १ सय ११ रासिको उक्त पुरस्कार पुर्व उपप्रधान एवं गृहमन्त्रि कृष्ण वहादुर महराले प्रदान गरे। शुसासन, पारदर्शिता र आर्थिक अनुसासनको क्षेत्रमा क्रियासिल हुने पत्रकारका लागि उक्त पुरस्कार प्रदान गरिदै आएको ट्रेड लिंकका म्यानेजिंग डाईरेक्टर एवं संस्थापक रमेश पौडेलले जानकारी दिए।
विजयनगरको विद्युत विस्तार कार्यको समाचार प्रवाह गरि शुसासनको क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेकाले पत्रिकालाई पुरस्कृत गरिएको हो। यसअघिको निर्भिक पत्रकारीता पुरस्कार एविसि टेलिभिजनका धनिराम शर्मालाई प्रदान गरिएको थियो।

पत्रकार पौडेलको लोकप्रीयता यसरी चुलियो।

रेडियो लिस्ने आवाजको स्थापनाकाल देखि नै क्रियाशिल बिभिन्न समयमा समाचार शाखा प्रमुख ,कार्यक्रम प्रमुख हुँदै हाल लेखापाल तथा समाचार बाँचिकाको भूमिका निभाएकी दीपा पौडेल यस अघि पनि स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कलम चलाएको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाको पहिलो स्वास्थ्य पुरुस्कारबाट यसै बर्ष २०७२ भाद्र २५गते प्यूठानका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले सम्मान सहित प्रमाण पत्र प्रदान गरेका थिए। गर्भवति अवस्थामा प्रश्रवपिडामा समेत न्यूज पढ्ने देखि लिएर एक महिनाकी छोरीलाई काखमा राखेर न्यूज पढ्दै पत्रकारिता पेसालाई अगालेकी पौडेलको बिषयमा कान्तिपुर दैनिकले आमा पत्रकार शिर्षकमा समाचार प्रकाशन ,द हिमालयन टाइम्स ,र प्यूठानको पहिलो पत्रिका समाचार दैनिक ,माण्डवी साप्ताहिकले ब्यानर न्यूज बनाई समाचार प्रकाशन गरेपछि लोकप्रिय भएकी भएकी थिइन। उनी रेडियो लिस्ने आवाजको पहिलो साधारण सभाबाट उत्कृष्ट कर्मचारीको रुपमा प्रमाण पत्र र नगद सहित २०६६ सालमा नै पुरुस्कृत भएकी थिइन्। उनलाई २०६६ सालमा तत्कालिन सभासद दिपक बहादुर केसीले सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई