२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मृगौला रोगी वालिकालाई युएईदेखी ३५ हजार सहयोग

२०७५, २७ आश्विन शनिबार १५:०८

चिसाङ शेर्पा | असोज २७, खोटाङ | दुबै मृगौला फेल भएकी वालिकालाई आर्थिक सहयोग प्राप्त भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ कांडेका ९ वर्षीय सुस्मिता विश्वकर्मालाई युएईबाट ३५ हजार आर्थिक सहयोग प्राप्त भएको हो ।

खोटाङ घर भई रोजगारीको शिलसिलामा युएईमा कार्यारत बाम्राङ मुढेका पदम लोहार र विष्णु थापा मगरको संयोजकत्वमा संकलन भएको ३५ हजार रुपैयाँ रकम मृगौला रोगी वालिकाकी आमा लक्ष्मी विश्वकर्मालाई शुक्रबार दिक्तेल रुपाकोट मझुवमगढी नगरपालिका–२ दिक्तेलका वडाध्यक्ष हर्क बहादुर खत्रीले हस्तान्तरण गरेका हुन् ।

सोल्मास्थित सोल्मा स्पोर्टस क्लवको खेलमैदानमा सुरुवात भएको टोल स्तरीय खुल्ला पुरुष फुटवल प्रतियोगिता तथा सचेतनामूलक कार्यक्रमको पहिलो दिन वालिकाकी आमालाई सहयोग रकम हस्तान्तरण गरिएको सोल्माका स्थानीय तथा समाजसेवी गंगा वहादुर विश्वकर्माले जानकारी दिनुभयो ।  

वाल्यकालमा नै दुबै मृगौला रोगको शिकार वनेकी वालिका सुस्मिताको यसअघि पनि पाँच वर्षको उमेरमा मृगौलामा समस्या आएको र उपचारपछि ठिक भएको थियो । तर, गत साउन १५ गतेबाट भने, दुवै मृगौला फेल भएको थियो । सुस्मिताको देव्रे मृगौलाले ७५ प्रतिशत र दाहिने मृगौलाले १० प्रतिशत काम गरिरहेको छ । चिकित्सकका अनुसार बालिकाको देव्र मृगौला अपरेशन गर्नुपर्ने र दाहिने मृगौला झिकेर फाल्नुपर्ने छ । अपरेशन तथा मृगौला झिकेर फाल्नलाई साढे दुई लाखदेखी तीन लाखसम्म लाग्ने चिकित्सकलाई उद्धृत गर्दै परिवारले जनाएको छ । भएभरको पैसा सकिएपछि परिवारले छोरी बचाईदिन सबैसँग अपिल गरेको छ । सुस्मिताको बुवा बैदेशिक रोजगारीको सिलसिलामा बिगत ९ वर्षदेखी मलेसियामै गायब भएका छन् । 

यसअघि, बैदेशिक रोजगार सरोकार समाज खोटाङ, महिला मानव अधिकार रक्षक सञ्जाल, स्वीस ईन्टरकोअपरेशन नेपाल हेल्भेटास, सुरक्षित आप्रावासन परियोजना सामी, वालसेवा समाज नेपालको संयुक्त सहकार्यमा संकलित ३७ हजार १ सय २५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता