२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

पत्रकार महासंघकोभवन एक वर्षभित्र बनाईसक्ने ओखलढुंगाका पत्रकारहरुको सामुहिक प्रतिवद्धता

२१ माघ २०७२, बिहीबार ०३:१९

पूर्णप्रसाद
न्यौपाने/ माघ २१, ओखलढुंगा । 
ओखलढुंगाका पत्रकारहरुले नेपालपत्रकार महासंघ जिल्लाशाखा
ओखलढुंगाको भवन आगामी एक वर्षभित्र निर्माण गरिसक्ने प्रतिवद्धता जनाएका जनाएका छन् । आगामी आर्थीकवर्ष
भित्रैमा महासंघको भवन निर्माण गरिसक्ने महासंघद्धारा आयोजीत एक कार्यक्रममा जिल्लाका क्रियाशील सबै
पत्रकारहरुले सामुहिक प्रतिवद्धता जनाएका हुन् ।

 

पत्रकार महासंघलाई जिल्लामा
व्यवस्थीत बनाउन र भवन निर्माणका लागि सबै एकभएर लागि पर्ने सामुहिक प्रतिवद्धता अनुसार महासंघ शाखाले
काम अघि बढाईसकेको शाखाका अध्यक्ष दिपेन्द्र रुम्दालीले बताउनुभयो । भवन निर्माणका लागि जग्गा खरिद,
नक्सापास सहित अन्य सबै मापदण्डहरु पुरा गरिसकेकाले महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र
विष्टद्धारा यो महिना भित्रै शिलान्यास गर्ने कार्यक्रम तय भईसकेको उहाँको भनाई छ । पुर्वाञ्चलका सबै
पत्रकार महासंघ शाखाका आ–आफ्नै भवन रहेपनि ओखलढुंगा र सोलुखुम्बु शाखा आफ्नै भवन नहुँदा अहिले पनि
भाडामा छन् ।
जिल्लाका क्रियाशील सबै पत्रकारहरुको भेलाबाट नेपालपत्रकार महासंघ जिल्लाशाखा
ओखलढुंगाको भवन निर्माणका लागि निर्माण समिति विस्तार गरी विभिन्न उपसमिति समेत गठन गरिएको छ । भेलाले
यस अघि गठन गरिएको निर्माण समितिलाई पूर्णता दिएको हो । भवन निर्माण समितिमा महासंघ जिल्ला शाखाका
अध्यक्ष दिपेन्द्र रुम्दालीको अध्यक्षतामा शाखाका पदाधिकारी सहित जिल्लामा क्रियाशील सबै २६ जना
पत्रकारहरु सदस्य रहेका छन् ।
भवननिर्माणका लागि महासंघका कोषाध्यक्ष शिवप्रसाद ढुंगानाको
संयोजकत्वमा जिल्लाका सबै सामुदायिक रेडियोका स्टेसन म्यानेजरहरु लगाएत सम्मेलीत आर्थिक उप समिति,
महासंघका सचिव कुम्भराज राईको संयोजकत्वमा प्रचार–प्रसार उपसिमत तथा रविन श्रेष्ठको संयोजकत्वमा खेलकुद
उपसिमत गठन भएको छ ।
भेलाले यहिमाघ २६ गतेबाट तीनदिने पुनःताजगी तालिम संचालनगर्ने, शाखाको साधारण
सभा तथा भवनको माघ २८ गते शिलान्यास गर्ने कार्यक्रमपनि तय गरेको छ । भवन निर्माणलाई प्रचार तथा सहयोग
संकलनगर्ने उद्देश्यले मैत्रीपूर्ण फुटवल प्रतियोगिता आयोजनागर्ने,नयाँ सदस्यताका लागि आवेदन खुल्ला
गर्ने लगाएताका निर्णय पनि भएको नेपाल पत्रकारमहासंघ शाखा ओखलढुंगाले जनाएको छ । व्यत्तीत्व विकास
सहितको पुनःताजगी तालिम संचालनगरिने भएकाले तालिममा सहभागी हुन सबै क्रियाशील पत्रकारहरु लाई महासंघले
अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने