सलिम अन्सारी माघ २५, प्यूठान । श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानको आगामी छैठौँ जिल्ला अधिवेशन माघ २८ गते हुने भएको छ । शाखाको सोमवार सदरमुकाममा सम्पन्न बैठकले खलंगामा अधिवेशन गर्ने निर्णय गरेहको हो । बैठकले अधिवेशन सम्पन्न गर्नका लागि एलवी थापाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ ।
त्यस्तै, सुजल श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय कार्यक्रम व्यवस्थापन तथा प्रचार प्रसार समिति, केशर रोकाको संयोजकत्वमा सात सदस्यीय आर्थिक व्यवस्थापन समिति, इमानसिंह भारतीको संयोजकत्वमा चार सदस्यीय पुरस्कार छनौट समिति र एलवी थापाको संयोजकत्वमा अतिथी सत्कार समिति गठन गरिएको छ ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानका अध्यक्ष एलवी थापाको अध्यक्षता र राप्ती अंचल अध्यक्ष बासुदेव गिरीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । चौतारीमा हाल करिव ८० जना सदस्यहरु आवद्ध रहेका छन् ।