2026-11-02 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भीर घाइते

असोज ३०, गाईघाट | उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइ दुर्घटना हुँदा मोटरसाइकल चालकको घट्ना स्थलमा नै मृत्यु भएको छ भने पछाडि बस्ने गम्भीर घाइते भएका छन् ।

उदयपुर गढीको नेपालटारबाट गाईघाट बजारतर्फ आउँदै गरेको स८प ९८०८ नम्बरको मोटरसाइकल उक्त स्थानको कौवाई खोलाको सुकौरा नजिकै काठेपुल तर्न लाग्दा पुलको गोलाईमा अनियन्त्रित भई दुवैजना पुलबाट दश मिटर तल खोलामा खसेका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो दुर्घटनामा त्रियुगा नगरपालिका–१३ बस्ने वर्ष ४० का दिनेश पौडेलको घटनास्थलमै मृत्यु भएको र मोटरसाइकल पछाडि बस्ने सोही स्थानका वर्ष ४५ का कुलबहादुर थापा घाइते भएका हुन् । 
घाइते थापालाई अहिले उदयपुर जिल्ला अस्पतालमा ल्याएर प्राथमिक उपचार गरिएको र घटना स्थलमा मुचुल्का उठाउने र सर्जमिन गर्ने कार्य प्रक्रिया शुरु भएको पनि प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द