2026-09-19 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा जीप दुर्घटना: मृत्यु हुनेको संख्या तीन पुग्यो, ८ घाइते

कात्तिक ५, रामेछाप | रामेछापमा शनिबार साँझ भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

रामेछाप नगरपालिका–१ गोगनेमा भएको उक्त दुर्घटनामा घाइते भएका मध्ये ५ जनाको सैनिक अस्पताल छाउनी र ३ जनाको काठमाडौँ मैडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।

जिपमा सवार रामेछाप नगरपालिका–१ गोठगाँउका ४५ बर्षीय दुर्गा बहादुर कार्की र सोही स्थानकी ७५ बर्षीया ललिमाया कार्कीको घटनास्थलमै मृत्यु भएको थियो  भने  जीप चालक सोही ठाउँका २६ वर्षीय हेम बहादुर खत्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

खत्रीको  उपचारको क्रममा धुलिखेल अस्पताल काभ्रेमा गएराती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

शनिबार साँझ पौंने ६ बजे रामेछापकै सालुबाट गोठपानीतर्फ जाँदै गरेको ना १ ज ४८ १२ नम्बरको जिप सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई