२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

रजवाराका प्रत्येक घरघरमा फिल्टर वितरण, सरसफाइ अभियानमा सक्रिय बन्दै रजवारावासी

९ फाल्गुन २०७२, आईतवार ०७:००

शशिधर भण्डारी/ फागुन ८,  रजवारा (प्यूठान) ।  पूर्ण सरफाई गा.वि.स घोषणा अभियानको दुर्त तयारीमा जुटेको रजवारा गा.बि.स.मा गा.वि.स. स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितीको सक्रियतामा रजवारा गा.वि.सका बुधवार देखी प्रत्येक घरधुरीलाई फिल्टर वितरण गरिएको छ ।

स्वास्थ्य र सरसफाइ अभियानका लागि जिल्लाकै अग्रणी र नमुनाको रुपमा भूमिका खेलेको रजवारा गा.वि.स.का स्थानीय वासीलाइ शुद्ध पानी खुवाउने लक्ष्य अनुसार  ९०० घरधुरी परिवारलाई फिल्टर वितरण गरिएको रजवारा सरसफाइ अभियानका एक अभियन्ता एवम स्थानीय पत्रकार जोगिन्द्र मल्लले बताएका छन ।

गाउँ बिकास समिती स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिती रजवाराका प्रत्येक घरधुरीलाई रु ८०० र उपभोक्ताबाट ५०० को दरले रकम जम्मा गरेर प्रत्येक घरधुरीलाइ फिल्टर वितरण गरिएको हो ।

रजवारा गा.बि.सलाई पुर्ण आनीबानीमा परिवर्तन भएको गा.वि.स गराउन का निम्ति पुर्ण सरसफाईको गतिविधीको मुल्याङ्कन गर्न प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ, जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी , सुआहारा, मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रको टोलीले हालै वार्ड नं. १ र २ का घरहरुमा अनुगमन गरेको थियो । टोलीले पुर्ण आनिवानी परिवर्तन गर्न  १० सुचक पुरा गरेको निष्कर्ष निकाल्दै १ र २ वार्डका घरपरिवारलाई सफा घर प्रमाण पत्र समेत प्रदान गरेको थियो ।

रजवारालाई पुर्ण आनिवानीमा परिवर्तन गर्न जस्ले नियम उल्लघंन गर्छ त्यस्ता ब्यक्तिको सरकारी सेवाबाट बञ्चित गराउने भिवा सीसी रजवाराले निर्णय गरेको जानकारी दिंदै यसबाट बच्ँन १० सुचकहरु पुरा गर्न जोड दिएको छ ।

जिल्लामा खुला दिसामुक्त गर्ने पहिलो गाबिस रजवाराले पूर्ण सरसफाइ तथा आनीबानी पनि पहिलो गाबिसको रुपमा घोषणा गर्ने तयारी समेत  अन्तिम चरणमा    पुगेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ