सलिम अन्सारी, फागुन २५, प्युठान / नव प्रतिभाको खोजी गर्न प्युठानी तारा सिजन ३ थालिएको छ। गायन, नृत्य र साहित्य गरि तीन बिधामा एक एक जना प्युठानी तारा घोषणा गर्ने गरि कार्यक्रम सुरु गरिएको हो। मध्य र पश्चिमान्चल बिकास क्षेत्रलाइ केन्द्रीत गर्दै रेडियो लिस्ने आवाज प्युठानले सोमबार देखि सुरु गरेको हो। प्युठानी तारा को उद्धघाट्न गर्दै पुर्ब उपप्रधान एव गृहमन्त्री बामदेब गौतमले प्युठानी तारा भविश्यमा नेपाल तारा बनुन भन्दै शुभकामना ब्यक्त गरे।
ओझेलमा परेका नवप्रतिभालाइ सम्मान गर्दै तारा सन्चालन गरिएको मुल आयोजक समितिका संयोजक एवं रेडियी लिस्ने आवाजका स्टेसन म्यानेजर नोमराज पौडेलले बताए। तीन बर्ष देखि लगातार प्युठानी तारा घोषणा गर्दै आइरहेको बतांउदै उनले तीन बिधामा तारा चयन गर्न लागिएको जानकारी दिए। गायन र नृत्य तर्फ प्रथमलाई ५० हजार, दोस्रोलाइ २० हजार र तृत्यलाइ १० हजार रुपैयां नगद सहित प्रमाणपत्र अवार्ड र गिफ्ट प्रदान गरिने जनाइएको छ।
त्यस्तै साहित्य तर्फ प्रथमलाइ १० हजार, द्धितियलाइ ५ हजार र तृतियलाइ तीन हजार रुपैया नगद सहित अवार्ड प्रमाणपत्र र गिफ्ट प्रदान गरिने आयोजकले जानकारी दिएको छ। कार्यक्रमको सहआयोजक स्वर्गद्धारी टेलिभिजन,लिस्ने जनसंचार साप्ताहिक र प्राणरक्षा मासिक छन। नयाँ बर्षको शुभारम्भ संगै बैशाख ४ गते झिमरुक खेलकुद मैदान बिजुवारमा तिनै बिधाका प्युठानि तारा घोषणा हुने छन।