२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

अब आर्थिक उन्नति र विकासको मार्गमा लागौं : सुर्य थापा

१७ चैत्र २०७२, बुधबार १२:२५

 चैत्र १७, प्युठान । नेकपा एमालेका केन्द्रीय सद्स्य सुर्य थापाले संविधानसभाबाट संविधान जारी भई ६० वर्ष लामो राजनीतिक सङ्घर्ष समाप्त भएकाले अब आर्थिक उन्नति र विकासको मार्गमा लाग्नुपर्ने बताउनुभएको छ ।

py

ढुङ्गेगदिमा आयोजित नेपाल मुस्लिम इत्तेहाद संगठन प्युठानको प्रथम उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुक अहिले अधिकार प्राप्तिको चरण सकिएर सम्बृद्धी प्राप्तिको चरणमा प्रबेश गरेको बताउदै आर्थिक तथा सामाजिक रुपान्तरणमा जुट्नुपर्ने बताउनुभएको हो । “संविधान जारी भएपछि संवैधानिकरुपमा सबै असमानता हटेको छ, अब समृद्धितर्फको साझायात्रामा अघि बढ्नुपर्छ, मुस्लिमहरु पनि समृद्धितर्फको दिशामा लाग्नुपर्छ, संविधानमा केही नमिलेका कुरा संशोधनमार्फत् मिलाउन सकिने भएकाले सबै दलले यसमा साथ दिनुपर्छ”–थापाले भन्नुभयो ।देश संघियता,लोकतान्त्रीक गणतन्त्र, धर्म निरपेक्षताको मार्गमा अघि बढी सक्यो।

मुस्लिम समुदाय भित्रका समस्याहरु उठान गर्नका लागि संगठित हुन जरुरी रहेको बताउंदै मुस्लिमहरुले आफ्नो मुद्धा पहिचान गरि आफै उठान गर्न सके मात्र समस्या सामाधान हुने धारणा राखे।मुस्लिमहरु एक हुनुपर्ने उहाको भनाइ छ।कार्यक्रममा बोल्दै इत्तेहादका केन्द्रीय उपाअध्यक्ष मोहम्मददिन मियाँले सबै मुस्लिम समुदायको हक हित र अधिकारका लागि इत्तेहाद निरन्तर संघर्षरत रहेको बताउनुभयो।सबै मुस्लिम समुदायलाइ समेट्ने साझा संगठन इत्तेहाद भएकोले इत्तेहाद जति बलियो भयो मुस्लिम समुदाय त्यति नै बलियो हुन्छ, उहाले थप भन्नुभयो नेपाल त्यति नै बलियो हुने छ।

मर्सदिन मियांको स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रममा काङ्ग्रेस महाधिबेशन प्रतिनिधि असगर अलि,एमाओबादी प्रतिनिधि जितमान मियाँ, एमाले लुम्बिनी अन्चल कमिटी पुर्ब सद्स्य अहमद अब्दुल रउफ, एमाले जिल्ला सचिवालय सद्स्य झग बहादुर बिक एमाले जिल्ला अध्यक्ष तुलसिराम शर्मा, इत्तेहादका केन्द्रीय सद्स्य तथा राप्ती अन्चल इन्चार्ज अकबर अलि लगायतले शुभकामना मन्तव्य राखेका थिए। एमाले जिल्ला कमिटि सद्स्य तथा मुस्लिम बिभाग प्रमुख मोहम्मद हलिमको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन प्यार अलि खानले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह