२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

एउटा सचिवलाई ११ गाविसको जिम्मा

२९ चैत्र २०७२, सोमबार ०९:०८

salimसलिम अन्सारी, चैत्र २९, प्युठान  । प्युठानमा ११ गाविसको जिम्मेवारी एउटै कर्मचारीलाई तोकिएको छ । कार्यसम्पादनका आधारमा सचिवहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराइनुपर्ने माग गर्दै जिल्लाका गाविस सचिवहरू आन्दोलित भएपछि जिल्ला विकास समिति प्युठानले यस्तो जिम्मेवारी तोकेको हो ।

हिलेसम्म दोहोरो गाविसको जिम्मेवारी सम्हाल्दै आएका गाविस सचिवहरूले आइतबारदेखि उक्त जिम्मेवारी नलिने जिविसलाई लिखित जानकारी गराएपछि नायव सुव्वा पहलसिंह घर्तीमाथि ११ वटा गाविसको जिम्मेवारी थपिएको हो ।

नायब सुब्बा कार्की जिल्ला विकास समितिको कार्यालयमा कार्यरत रहेका थिए । दैनिक कामकाज सञ्चालन गर्ने गरी नायव सुब्बा घर्तीलाई आइतबारदेखि ११ गाविसको जिम्मेवारी तोकिएको स्थानीय विकास अधिकारी शिवप्रसाद रेग्मीले बताए ।

सचिवहरू आन्दोलनमा उत्रिएपछि आकस्मिक यस्तो निर्णय गर्न बाध्य भएको उनले उल्लेख गरे । जिविसव्दारा नायब सुब्बा कार्कीको नाममा जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ गराई लेखिएको पत्रमा गाविस हकहित संरक्षण केन्द्रबाट दुई वटा गाविसको जिम्मेवारी लिन नसकिने भनी आन्दोलनमा रहेकाले विशेष परिस्थिति सिर्जना भएको भन्दै ११ गाविसको जिम्मा दिएको व्यहोरा उल्लेख गरिएको छ ।

कार्यसम्पादनको आधारमा गाविस सचिवहरूलाई प्रोत्साहन भत्ता दिन माग गरे पनि मन्त्रालयले यसलाई अस्वीकृत गरेपछि दोहोरो जिम्मेवारी नलिने निर्णय गर्न बाध्य भएको गाविस सचिव संरक्षण केन्द्र प्युठानका अध्यक्ष पुष्पराज थापाले बताए । कामको आधारमा सचिवहरूलाई प्रोत्साहन भत्ता दिनुपर्ने माग गर्दै उनले कामको मूल्यांकनअनुसार तलबको प्रोत्साहन भत्ताको व्यवस्था हुनुपर्ने माग गरे ।

दोहोरो जिम्मेवारी सम्हालेका सबै गाविस सचिवहरूले आइतबार गाविसको छाप, लेडरप्याड स्थानीय विकास अधिकारीलाई बुझाएको उनले जानकारी गराए । आफूहरूको माग पूरा नभए आगामी वैशाख १५ गतेदेखि गाविस अध्यक्षको जिम्मेवारीसमेत नलिने आन्दोलनरत गाविस सचिवहरूले चेतावनी दिएका छन् ।

सचिवहरूको आन्दोलनबारे केन्द्रलाई लिखित जानकारी गराइएको स्थानीय विकास अधिकारी रेग्मीले बताए । मन्त्रालयको परामर्शअनुसार आवश्यक पहल अगाडि बढाउने उनको भनाइ छ । सचिव रिक्त रहेका सबै गाविसहरूको बैंक खातासमेत रोक्का गरिएको रेग्मीले बताए । प्युठानमा अझै १० गाविसमा सचिवको दरबन्दी रिक्त छ ।

जिल्लाको बिजुली, लिघा, माझकोट, तोरबाङ, रजवारा, बाङ्गेसाल, लुङ, कोचिबाङ, अर्खा र दाङबाङ गाविसमा सचिवको पदपूर्ति हुन नसक्दा एउटै सचिवले दोहोरो जिम्मेवारी सम्हाल्दै आएका थिए । लामो समयदेखि स्थानीय निर्वाचन हुन नसक्दा जनप्रतिनिधिको कामदेखि  जन्म, मृत्युदर्ता, नागरिकताका सिफारिसलगायतका काम गर्नुपर्दा आफूहरू र सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको उनीहरूको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य