२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कालाकाटेको महायज्ञमा दान रकममा बृद्धि   

११ भाद्र २०७२, शुक्रबार ०२:५७

सन्तोषकुमार गुप्ता / भदौ ११, भालुवाङ्ग । बन्द हड्तालका समय समेत आयोजना गरिएको शैक्षिक उन्नति तथा भौतिक निमार्ण सहयोगार्थ जनता उच्च माध्यमिक विद्यालय कालाकाटेमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको चौथो दिन बुधबार उत्साहजन भक्तजनहरुको उपस्थीत संगै दान रकम संकलनमा समेत बृद्धि हुन थालेको छ ।

जनता उच्च माध्यमिक विद्यालय श्रीमद्भागवत मूल समारोह समितीको आयोजनामा शुरु भएको महायज्ञको चौथो दिन मात्र ६१ हजार ५ सय ९३ नगद दान रकम जम्मा भएको श्रीमद्भागवत मूल समारोह समितीका सदस्य सचिव तथा विद्यालयका प्राचार्य बासुदेव बेल्बासेले जानकारी दिए । घोषणा गरेको रकम सहित भने १ लाख बढी नै संकलन भएको बेल्बासेले बताए । त्यस्तै बुधबार मात्रै ३ क्वीन्टल चामल र ३० लिटर तेल समेत दान भएको आर्थिक समितीका संयोजक भानु जिएमले जानकारी दिए । आईतबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको महायज्ञमा अहिले सम्म नगद ९३ हजार ६ सय २३ रुपैयाँ संकलन भएको र घोषणा गरिएको रकम सहित भने २ लाख बढी नै दान रकम संकलन भएको आर्थिक समिती संयोजक जिएमले बताए । यस महायज्ञ सम्म आउने दानदाता र श्रदालुभक्तजन धेरैको संख्यामा भएको भए पनि बन्द हड्तालका कारण उहाँहरु आउन नपाउँदा दान रकम संकलनमा कमी आएको जनता उच्च माध्यमिक विद्यालय श्रीमद्भागवत मूल समारोह समितीका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि सुवेदीले बताए । उहाँहरुलाई यस महायज्ञ सम्म ल्याउनका लागि समेत तयारी भईरहेको सुवेदीको भनाई छ ।

महायज्ञमा देउखुरीका विभिन्न स्थान र छिमेकी जिल्लाहरु प्यूठान, अर्घाखाँची र कपिलबस्तु सहित अन्य जिल्लाहरुबाट आउने जानकारी पाए पनि बन्दहड्तालका कारण ल्याउन नसकिएको अध्यक्ष सुवेदीले बताए । दानदाता र श्रदालुभक्तजनहरुलाई निर्वाध रुपमा महायज्ञ सम्म ल्याउन बन्दकर्ताहरु संग छलफल भईरहेको समेत सुवेदीले जानकारी दिए । महायज्ञको चौथो दिन समेत सयौँ भक्तजनहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य