२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चलेन मेघौली विमानस्थल

२०७५, ९ कार्तिक शुक्रबार ११:१५

कात्तिक ९, चितवन | पश्चिम चितवनको मेघौली विमानस्थल सञ्चालनमा आउन सकेको छैन । विसं २०१७ मा स्थापना गरिएको सो विमानस्थल त्यस क्षेत्रको प्रतिष्ठित होटल टाईगर टप्स बन्द भएसँगै नियमित सञ्चालन हुन नसकेको हो । 

सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पश्चिमको सो विमानस्थल २३ बिगाहा जमीनमा फैलिएको छ । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार एक हजार ६५ मिटर लामो घाँसे धावन मार्ग रहेको छ । 

विमानस्थललाई तारबार गरी सुरक्षित गरिएको छ । सो क्षेत्रका सामाजिक अगुवा मायाराम चौधरीका अनुसार होटल टाईगर टप्स सञ्चालन हुँदा नेपालका राजारानी, बेलायती रानी एलिजाबेथलगायत स्वदेशी र विदेशी विशिष्ट व्यक्ति जहाज चढेर सो क्षेत्रमा आएका थिए । थारु सांस्कृतिक सङ्ग्रहालय मेघौलीका अध्यक्ष रहनुभएका चौधरीले दैनिक तीन÷चार जहाज सो विमानस्थलमा अवतरण हुने गरेको थियो । 

सोही विमानस्थलमा होटल टाईगर टप्स रहुञ्जेल अन्तर्राष्ट्रिय हात्ती पोलो खेल समेत हुने गरेको थियो । हाल खेल पनि बन्द भएको छ । विसं २०६९ बाट बन्द भएको विमानस्थल गत वर्ष नोभेम्बर र डिसेम्बरमा केही समय सञ्चालनमा आए पनि पुनः बन्द भएको हो । 

जहाज सञ्चालन भएमा तत्काल टावर सञ्चालनमा ल्याउन सकिने विमानस्थलका प्रमुख गौतमले बताउनुभयो । भरतपुरमा दैनिक १२÷१३ उडान हुँदै आएको भन्दै उहाँले मेघौली विमानस्थल सञ्चालन गर्न सकेमा भरतपुरको चाप घटाउन सकिने र त्यस क्षेत्रका जनताले सुविधा पाउने बताउनुभयो । नेपाल एयरलायन्सले हाल तालिकामा राखेर पनि मेघौलीमा विमान चलाएको छैन । 

विमान सञ्चालन हुन नसक्नुको कारणबारे केन्द्रमा पत्राचार गर्ने उहाँले बताउनुभयो । 

पश्चिम चितवनमा तीन ठूलासहित १० भन्दा बढी पर्यटकीय होटल रहेका छन् । नियमित उडान नहुँदा पर्यटक आगमनमा समेत प्रभाव परेको छ । पश्चिम चितवन होटल व्यवसायी सङ्घका अध्यक्ष सुवोध प्रधानले नियमित उडानका लागि पहल भइरहेको भए पनि उडान हुन नसकेको बताउनुभयो । सो ठाउँमा हेलिकप्टर र समय समयमा विमान चार्टर गरेर उडान गरिँदै आएको छ । 

पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले सो विमानस्थल पुरानो भएकाले पश्चिम चितवनको पर्यटकीय विकास र त्यस क्षेत्रका जनतालाई सुविधा दिन नियमित उडान गर्नुपर्ने बताउनुभयो । जिल्लामा हाल सञ्चालनमा रहेको भरतपुर विमानस्थलबाट दैनिक काठमाडौँं र पोखरा उडान हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ