२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कालाकाटे महायज्ञ सकियो, साढे १३ लाख संकलन

१३ भाद्र २०७२, आईतवार ०८:५१

सन्तोषकुमार गुप्ता । भदौ १३, भालुवाङ्ग । देउखुरीको कालाकाटेमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट आईतबार सम्पन्न भएको छ । महायज्ञको अन्तिम दिन अर्थात आठौँ दिन सम्म साढे १३ लाख बढी नगद दान रकम प्राप्त भएको छ । महायज्ञबाट जम्मा १३ लाख ५९ हजार २ सय ८८ रुपैयाँ नगद दान रकम प्राप्त भएको छ । महायज्ञको आठौँ दिन मात्र ३ लाख ५६ हजार २ सय ७९ रुपैयाँ दान रकम प्राप्त भएको विद्यालयका प्राचार्य तथा आर्थक समितीका संयोजक बासुदेव बेल्बासेले जानकारी दिए ।

थारुहट थारुवान सघर्ष समिती पुन बन्द हड्ताल गरे पनि महायज्ञको अन्तिम दिन आईतबार हजारौँ भक्तजन तथा दानदाताहरुको सहभागिता रहेको थियो । दानदाताहरुको उत्साह जनक सहभागिता संगै दान रकममा समेत बृद्धि भएको आयोजकले जनाएको छ । शैक्षिक उन्नति तथा भौतिक निमार्ण सहयोगार्थ जनता उच्च माध्यमिक विद्यालय कालाकाटेमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आईतबार एक कार्यक्रमका बीच समापन गरिएको छ । जनता उच्च माध्यमिक विद्यालय श्रीमद्भागवत मूल समारोह समितीको आयोजना तथा श्रीमद्भागवत देशव्यापी शान्ति अभियानको सह—आयोजनामा महायज्ञ सञ्चालन भएको हो ।

महायज्ञको पहिलो दिन आईतबार महायज्ञको उद्घाटन मात्र गरिएको थियो भने दोस्रो दिन सोमबार ७ हजार १ सय १५, तेस्रो दिन मंगलबार २५ हजार ५ सय ३५, चौथो दिन बुधबार ६१ हजार ५ सय ९३, पाँचौँ दिन बिहिबार १ लाख ५३ हजार १ सय ९९ सय, छैठौँ दिन शुक्रबार १ लाख ९७ हजार १ सय ६०, सातौँ दिन शनिबार ५ लाख ३७ हजार २ सय ५१ र अन्तिम अर्थात आठौँ दिन आईतबार ३ लाख ५६ हजार २ सय ७९ रुपैयाँ नगद दान रकम प्राप्त भएको विद्यालयका प्राचार्य तथा आर्थिक समितीका संयोजक बेल्बासेले जानकारी दिए ।

महायज्ञको सातौँ दिन शनिबार मात्र पुरी किराना पसलका प्रोपराईटर गिरीराज पुरीबाट ५२ हजार १ सय ५, आभिमबहादुर केसी ३३ हजार ३ सय ३३, कपिलबस्तु धानखोला गाउँबाट १८ हजार ७ सय ११, माधव सापकोटा १५ हजार ५ सय ५, स्वाभिमान युवा क्लव कालाकाटेबाट १२ हजार १ सय ११, दयावती यादव ११ हजार १ सय ११, ज्ञानकुमार बस्याल ११ हजार १ सय ११, प्रतिमा बेल्बासे पोख्रेल ११ हजार १ सय ११ र यटिना जिएम ११ हजार १ सय ११ नगद दान रकम प्राप्त भएको विद्यालयका प्राचार्य तथा आर्थक समितीका संयोजक बेल्बासेले जानकारी दिनु भयो । त्यस्तै निराजन गिरी ११ हजार १ सय ११, मलमला डिपबोडिङ्ग सिँचाई उपभोक्ता समितीबाट ११ हजार १ सय ११, बाबुराम अधिकारी ११ हजार १ सय ११, ऋषिराम पौडेल, १० हजार ५ सय ७५, राप्ती पुस्तक पसल भालुवाङ्ग पुल्चोकका प्रोपाईटर कर्णबहादुर पौडेलबाट १० हजार ५ सय, अर्जुन पण्डित १० हजार १ सय १५, होमबहादुर केसी १० हजार १ सय १५, रिमा पुरी १० हजार ५, लोकेन्द्र केसी १० हजार १ सय र मुक्तप्रसाद शर्मा १० हजार १ सय र अन्य दान सहित उक्त नगद दान रकम प्राप्त भएको प्राचार्य बेल्बासेले जानकारी दिए ।

महायज्ञको अन्तिम अर्थात आठौँ दिन आईतबार मात्र शुभश्री अग्नी सिम्रन्टका प्रोपाईटर ३१ हजार १ सय ११, स्वर्गद्धारी क्रसर उद्योग मलमलाबाट २७ हजार ७ सय ७७, केशरी गिरी २५ हजार ५ सय २५, लंकबहादुर सोनाम १५ ह

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ