२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

जनशक्तिको अभावमा सुरक्षामा चुनौती

१५ भाद्र २०७२, मंगलवार ०५:३७

सन्तोषकुमार गुप्ता/भदौँ १५, भालुवाङ । दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कुबेर कडायतले आवश्यक जनशक्ति र स्रोतसाधनको कमी हुँदा सुरक्षामा केही चुनौती थपिएको बताउनुभएको छ । दंगाग्रस्त क्षेत्र घोषणा भए पनि ३ जनाको ठाउँमा अहिले संवेदनशील क्षेत्र भएकाले ९ जना थप्नु पर्ने र जनशक्ति उही (साविक) हुँदा समस्या भएको बताउनु भयो ।

 unnamed (1)

‘बिहान ५ वजे खटिएका सुरक्षाकर्मीहरु दिउँसो एक वजे आएर खानुपर्छ, लखतरानको थकान नमेटिदै पुनः ड्यूटिमा जानुपर्छ यसले गर्दा जवानहरु बिरामी पर्ने समस्या पनि देखापरेको छ’, उहाँले भन्नुभयो ।’

देश र जनताका लागि काम गर्ने समय यहि भएको र अहिले नगरे कहिले गर्ने भन्ने सुरक्षाकर्मीमा उर्जा पलाए पनि लगातारको परिश्रमले कहिलेकाँही स्वास्थ्यमा समस्या आउने गरेको उहाँले बताउनुभयो । यो भन्दा पनि अति संवेदनशील क्षेत्र अन्यत्र भएकाले संगठनले थप बल उता पठाएकाले पनि आवश्यक जनशक्तिको माग गर्न नसकिएको प्रहरी प्रमुख कडायतले बताउनुभयो ।

त्यसैगरी प्रयाप्त रुपमा आवश्यक गाडी मोटरको व्यवस्था नहुँदा पनि प्रहरीका लागि अर्को चुनौतिको विषय बनेको प्रहरीले बताएको छ । स्रोतसाधनको कमी हुँदा हुँदै पनि त्यसमा पनि पुराना गाडी हुँदा झनै दुःख पाउने गरेको जिप्रकाले बताएको छ ।

‘रातदिन गस्ती गर्नुप¥यो, सुरक्षाकर्मीहरुलाई एक ठाउँबाट अर्को ठाउँ लिएर जानु प¥यो, पुराना गाडी हुँदा बिग्रीएर हैरान हुन्छ’, उपरिक्षक कडायतले भन्नुभयो । केहि दिन अघि सुरक्षाकर्मी लिएर गएको भ्यान अमिलियामा बिग्रेर २ दिन बाटोमा बसेको उदाहरण दिँदै कडायतले कसैलै आगजनी गरिदेला भनेर बिग्रीएको गाडीलाई सुरक्षा दिनु परेको गुनासो गर्नुभयो ।

मेनपावर र आवश्यक स्रोतसाधनको अभाव हुँदाहुँदै पनि दाङलाई सबैको सहयोगमा शान्त बनाउन सकिएकोमा खुसी भएको उहाँले बताउनुभयो । दाङलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेपछि आवश्यक प्रहरीको संख्या र स्रोतसाधनलाई अधिकतम रुपमा परिचालन गर्दा कमी महसुस भए पनि आफूहरु सजगताका साथ तयारी अवस्थामा बसेको कडायतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे