2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका विद्यालय सञ्चालनमा अन्यौलता

सन्तोषकुमार गुप्ता/भदौँ १५, भालुवाङ । लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय आजबाट सञ्चालनमा आउने तयारी भइरहेको समयमा आएको बन्दको खबरले अन्यौलता छाएको छ ।

unnamed (2)

जिल्लालाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएपछि बन्द रहँदै आएका विद्यालयहरु आजदेखि खोल्ने तयारी भइरहँदा थरुहटर थारुवान संयुक्त संघर्ष समितिले बन्द यथावत रहेको बिज्ञप्ति जारी गरेपछि विद्यालय सञ्चालनमा अन्यौलता छाएको हो ।

संयुक्त संघर्ष समितिले गर्दै आएको वन्द र कैलाली घटनापछि दगांग्रस्त क्षेत्र घोषणा गरी बन्द भएका विद्यालयहरु आजदेखि सञ्चालनमा आउने बताइए पनि आफुहरुले बन्द भने यथावत राखेको समितिका संयोजक तेजमान चौधरीले जानकारी दिनुभयो ।

तर जिल्ला प्रशासन कार्यालयले भने देउखुरी क्षेत्रमा मात्र विद्यालय सञ्चालन गर्न समस्या रहेको भन्दै आज त्यस बारेमा छलफल गरिने जनाएको छ । संघर्ष समितिले आफुहरुको बन्द यथावत रहेको र विद्यालय सन्चालन गर्न नदिने वताएपछि बन्दकर्ता र सरोकारवालाको उपस्थितीमा छलफल गरिने प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले जानकारी दिनुभयो ।

बन्दका कारण बिद्यालय प्रत्यक्ष मारमा परेको चौतर्फी दबाब आएको भन्दै छलफल गरिने पौड्यालले वताउनुभयो । घोराही र तुलसीपुर क्षेत्रका विद्यालय आजवाट सन्चालनमा आउने वताईएपनि वन्दकर्ताहरुले आफुहरुको वन्द यथावत रहेको जनाएका छन । प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गर्दा आफुहरुको वन्द केहि खुकुलो भएपनि स्कुलहरु भने सन्चालन गर्न नदिने संयोजक चौधरीको भनाई छ ।

लगातारको बन्दका कारण बिद्यार्थीहरु पढ्वाट वन्चित भएका छन् । समितिले गत साउन २७ गतेदेखी दाङसहित तराईका २२ जिल्ला वन्द आह्वान गर्दा तराईका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई