१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका विद्यालय सञ्चालनमा अन्यौलता

१५ भाद्र २०७२, मंगलवार ०५:४०

सन्तोषकुमार गुप्ता/भदौँ १५, भालुवाङ । लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय आजबाट सञ्चालनमा आउने तयारी भइरहेको समयमा आएको बन्दको खबरले अन्यौलता छाएको छ ।

unnamed (2)

जिल्लालाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएपछि बन्द रहँदै आएका विद्यालयहरु आजदेखि खोल्ने तयारी भइरहँदा थरुहटर थारुवान संयुक्त संघर्ष समितिले बन्द यथावत रहेको बिज्ञप्ति जारी गरेपछि विद्यालय सञ्चालनमा अन्यौलता छाएको हो ।

संयुक्त संघर्ष समितिले गर्दै आएको वन्द र कैलाली घटनापछि दगांग्रस्त क्षेत्र घोषणा गरी बन्द भएका विद्यालयहरु आजदेखि सञ्चालनमा आउने बताइए पनि आफुहरुले बन्द भने यथावत राखेको समितिका संयोजक तेजमान चौधरीले जानकारी दिनुभयो ।

तर जिल्ला प्रशासन कार्यालयले भने देउखुरी क्षेत्रमा मात्र विद्यालय सञ्चालन गर्न समस्या रहेको भन्दै आज त्यस बारेमा छलफल गरिने जनाएको छ । संघर्ष समितिले आफुहरुको बन्द यथावत रहेको र विद्यालय सन्चालन गर्न नदिने वताएपछि बन्दकर्ता र सरोकारवालाको उपस्थितीमा छलफल गरिने प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले जानकारी दिनुभयो ।

बन्दका कारण बिद्यालय प्रत्यक्ष मारमा परेको चौतर्फी दबाब आएको भन्दै छलफल गरिने पौड्यालले वताउनुभयो । घोराही र तुलसीपुर क्षेत्रका विद्यालय आजवाट सन्चालनमा आउने वताईएपनि वन्दकर्ताहरुले आफुहरुको वन्द यथावत रहेको जनाएका छन । प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गर्दा आफुहरुको वन्द केहि खुकुलो भएपनि स्कुलहरु भने सन्चालन गर्न नदिने संयोजक चौधरीको भनाई छ ।

लगातारको बन्दका कारण बिद्यार्थीहरु पढ्वाट वन्चित भएका छन् । समितिले गत साउन २७ गतेदेखी दाङसहित तराईका २२ जिल्ला वन्द आह्वान गर्दा तराईका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार