१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

रामनगर खानेपानी समितीमा बिबाद चर्कियो

१५ भाद्र २०७२, मंगलवार ०५:५९

सन्तोषकुमार गुप्ता/भदौँ १५, भालुवाङ । लालमटिया—४ स्थीत रामनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितीमा केही दिन यता बिबाद चर्किएको छ ।

खानेपानी समितीको नयाँ कार्य समितीमा अल्प संख्यक मुस्लिम समुदायको सहभागी हुनु पर्ने माग सहित असन्तुष्ट जुम्मन मियाँ, जोहरमान मियाँ र वर्तमान कार्य समिती बीच बिबाद चर्किएको हो ।

मियाँद्धयले आफूहरुको प्रतिनिधित्व नगराएको भन्दै असन्तुष्ट जाहेर गरे पछि बिबाद शुरु भएको थियो । यता वर्तमान कार्य समितीले भने दुई तिहाई उपभोक्ताहरुको बहुमतबाट बनेको कार्य समिती नै बैधानिक रहेको र उपभोक्ता नै नभएको भन्दै समावेश नगरिएको बताएको छ ।

dang1

समितीले हालै पाखापानीमा पत्रकार सम्मेलन गरी सोही टोलका मुस्लिम अगुवा जुम्मन मियाँ र जोहरमान मियाँ उपभोक्ता नै नभएको प्रकाशित प्रसारित समाचार प्रति मियाँद्धयले कडा आपत्ति जनाएका छन् ।

मंगलबार भालुवाङ्गमा पत्रकार सम्मेलन गरी मियाँद्धयले विभिन्न सञ्चार माध्यमहरुमा समितीका वर्तमान अध्यक्ष डण्डपाणी भण्डारीले दिएको अभिव्यक्तिहरु प्रति खण्डन गदै प्रकाशित प्रसारित समाचारमा कुनै सत्यता नभएको भन्दै घोर आपत्ति प्रकट गरेका हुन् । उनीहरुले आफूहरु उपभोक्ता कसरी नभएको भन्दै प्रमाण देखाउन चेतावनी दिएका छन् ।

dang2

हामी दुबै जना संग २०५० साल देखि नेवा संस्थाले सञ्चालन गरेको रामनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितीको उपभोक्ता प्रमाण—पत्रहरु भएको अवस्थामा समितीका वर्तमान अध्यक्ष भण्डारीले विभिन्न सञ्चारमाध्यमहरुमा उपभोक्ता नै नभएको व्यक्तिलाई संस्थाको अध्यक्ष पदमा दाबी गर्नु कहाँ सम्मको हाँस्यास्पद कुरा हो, जस्ता अभिव्यक्ति प्रति हाम्रो कडा आपत्ति छ जुम्मन मियाँले भने । यदि हामी उपभोक्ता नै हैनौँ भने किन उपभोक्ता प्रमाण पत्र र कार्ड दिईयो उनले भने ।

dang3

मिडियाहरुमा हामीद्धयलाई उपभोक्ता नै हैन भनेर जथाभावी गलत प्रचार गर्ने वर्तमान अध्यक्ष सहित कार्य समितीलाई कडा कार्वाही हुनु पर्ने माग गरेका छन् । अध्यक्ष जस्तो व्यक्तिले जथाभावी बोल्ने अधिकार नरहेको बताउँदै बिषय बस्तु बुझेर मात्र बोल्न सुझाव समेत दिएका छन् ।

सत्यतथ्य बिषय बस्तु ढाकछोप गरी हामी दुईलाई मिडिया मार्फत चरित्र हत्या गर्न खोजेको भन्दै बर्तमान अध्यक्षले सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताएका छन् । हामी संग उपभोक्ता प्रमाण पत्र र उपभोक्ता कार्ड समेत रहेको भन्दै ती प्रमाणहरु समेत सार्वजनिक गरेका थिए ।

dang4

२०५० सालमा समितीका तत्कालिन अध्यक्ष चन्द्रमणि न्यौपानेको हस्ताक्षर रहेको उपभोक्ता प्रमाण पत्र जुम्मन मियाँले सार्वजनिक गरे । मैले २०५० साल देखि अहिले सम्म करिब ५ हजार भन्दा बढी नै खानेपानीको महशुल रकम समेत तिरेको जुम्मन मियाँले बताए ।

सो अवसरमा बोल्दै जोहरमान मियाँले आफू स्थापना कालमै सञ्चालित कार्य समितीको धारा संरक्षक पदमा रहेको व्यक्तिलाई वर्तमान कार्य समितीले उपभोक्ता नै होईन भन्नु कहाँ सम्मको मुर्खता हो उनले भने ।

dang5

उहाँहरुले जे बोले पनि हामी संग प्रमाण छ त्यसैले वर्तमान कार्यसमितीलाई कानुनी दायरामा ल्याएरै छोड्ने चेतावनी दिए । पत्रकार सम्मेलनमा मियाँद्धयले रामनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितीको उपभोक्ता सम्बन्धी प्रमाण तथा कार्ड समेत सार्वजनिक गरेका थिए ।

dang6

उनीहरुले नेवा संस्थाले सञ्चालन गरेको रामनगर खानेपानी तथा सरसफाई उपभोक्ता समिती गठन देखि अहिले सम्मका सम्पूर्ण काम कार्वाहीमा अनियमिता भएको भन्दै छानबिन हुनु पर्ने, हालै भएको साधारण खारेज तथा वर्तमान कार्य समिती बिघटन गरी पुन आर्को साधारणसभा गर्नु पर्ने, नेवा संस्थाले निमार्ण गरेको आठ वटै सरकारी धारा सञ्चालनमा ल्याउनु पर्ने र वर्तमान कार्य समितीका अध्यक्षले सार्वजनिक रुपमा माफी माग्नु पर्ने लगायतका माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै