२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका दुई फरार अभियुक्त पक्राउ

१२ कार्तिक २०७५, सोमबार ०८:४७

कात्तिक १२, नुवाकोट ।  विभिन्न अपराधमा संलग्न भई फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा अदालतबाट फैसला भएर फरार किस्पाङ गाउँपालिका–१ भाल्चेका चन्द्रबहादुर तामाङलाई प्रहरीले विदुर–४ सिमचौरबाट पक्राउ गरी जिल्ला अदालत पेश गरेको हो । अदालतको फैसलानुसार कारागार चलान गर्न आदेश दिइएपछि तामाङलाई जिल्ला कारागार पठाइएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । तामाङले २०६९ साउन ७ गते किस्पाङ गापा–१ भाल्चेका ३८ वर्षीय सुकबहादुर तामाङको हत्या गरेको आभियोगमा उच्च अदालत पाटनले २०७२ असार १३ गते जन्मकैदको फैसला गरेको थियो ।

यस्तै मानव बेचबिखनमा संलग्न भएको आरोपमा जिल्ला अदालतमा मुद्दा विचाराधीन अर्का फरार अभियुक्त दुप्चेश्वर गापा–२ गाउँखर्कका ५० वर्षीय काइँला भनिने छिरिङदोर्जे तामाङलाई हेटौंँडाबाट पक्राउ गरी ल्याइएको प्रहरीले जनाएको छ । आरोपित तामाङले एक युवतीलाई ललाइफकाई बिक्रीका लागि भारत लैजाने प्रयास गरेको प्रहरीले जनाएको छ । ती युवतीलाई बिक्रीका लागि गाउँबाट ल्याउँदै गर्दा २०७४ असार १२ गते खरानीटारबाट प्रहरीले उद्धार गरेको थियो भने सँंगै आएका तामाङ फरार भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता