२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगा सहित माथिल्लो सगरमाथामा संस्थापन र देउवापक्षबीच कडा प्रतिष्पर्धा

२२ माघ २०७२, शुक्रबार १५:०१

पूर्णप्रसाद न्यौपाने/ माघ २२, ओखलढुंगा । माथिल्लो सगरमाथाका तिन जिल्लामा
नेपाली कांग्रेस संस्थापन र देउवापक्षबीचमा कडा प्रतिष्पर्धा भईरहेको छ । ओखलढुंगा,सोलुखुम्बु र खोटाङ
तिनवटै जिल्लाका वडा देखि क्षेत्र सम्म संस्थापन र देउवापक्षबीचमा कडा प्रतिष्पर्धा भईरहेको हो । भने
जिल्ला तहमा पनि दुई पक्ष बिच नै प्रतिष्पर्धा हुने सम्भावना बढेको छ ।


ओखलढुंगामा वडा,गाउँ तथा नगर अधिवेशनमा विगत जस्तै शेर बहादुर देउवा पक्ष बलियो देखिएको छ
। गाँउ सभापती तथा प्रतिनिधीहरु देउवा पक्षका बढि रहेको एक नेताले दावी गरे ।‘हारेपनि जितेपनि कांग्रस
नै हुने हो भन्दै सहमती नभई धेरै ठाँउमा मतदान नै भयो’ उनले भने‘तर हाम्रो टिम अगाडि छ’ संस्थापन पक्षका
नेताहरु गाँउ र नगर तथा नगरका वडाबाटै बाहिरीएका छन् । शक्तिशाली मानिएको नगर अधिवेशनमा देउवा समर्थक
मानिएका बालकुमार चौलागाई विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी देवी बहादुर केसी २५ मतले पराजित भएका
छन् । त्यस्तै अधिकांश गाउँ अधिवेशनबाट संस्थापन पक्षका चर्चित अनुहारहरु पराजित भएका छन् । क्षेत्रीय
अधिवेशन तथा प्रतिनिधि छनौटमा पनि संस्थापन पक्षकमजोर मानिएको छ ।

संस्थापन पक्ष एकजुट भएर कार्यकर्ता व्यवस्थापन गर्न नसकेका कारण कमजोर भएको आवाजहरु पनि
उठिरहेका छन् । यता संस्थापन पक्षका मानीएका नेता रामजी वास्तोलाले भने जिल्लामा संस्थापन पक्ष अगाडि
रहेको दावी गरे ।‘अर्को पक्षका नेताको नेतृत्व असक्षम सावीत भईसकेको कुरा बुझेर कार्यकर्ताहरुले मतदान
गरिरहेका छन्’ उनले दावी गर्दै भने ‘अर्को पक्षले हल्ला बढि गरिरहेको छ तर संस्थापन पक्षकै मत ६५ देखि
७० प्रतिशत आईरहेको छ ।’ ओखलढुंगामा कांग्रेसको १३ औँ महाधिवेशनबाट केहि आश लाग्दा युवाहरु अगाडि आएका
छन् । धेरैको नाम चर्चामा रहेको भएपनि बरुणेश्वरबाट संस्थापन पक्षका युवा नेता लिला बल्लब दाहाल ‘काका’
भारी मत ल्याएर विजयी भएका छन् । उनि महाधिवेशन प्रतिनिधीमा उठेका छन् । यो समाचार तयार पार्दा सम्म
जिल्लाका दुवै क्षेत्रको क्षेत्रीय अघिवेशनको नतीजा आईसकेको छैन ।


आकांक्षीहरु धेरै भएकाले वडा देखि क्षेत्र सम्म भएका अधिवेशनले सहमतीमा निर्णय गर्न सकेको
छैन । अझ कतीपय गाविसमा सभापतीका दुई उमेद््वार मध्ये दुवैले बराबरी मत ल्याएपछि चिट्ठा मार्फत
टुङ्गाईएको छ । नेपाली काँग्रेस ओखलढुंगाको १३ औं क्षेत्रीय अधिवेशन निर्वाचन क्षेत्र नं. १ को सदरमुकाम
ओखलढुंगास्थित जिल्ला विकास समितिको सभाहल र क्षेत्र नं. २ को मानेभञ्ज्यांगमा मतदान भइरहेको छ ।
निबार्चनबाट क्षेत्रीय कार्य समिति र महाधिवेशन प्रतिनिधी चयन गर्ने छ । निर्वाचन क्षेत्र नं. १ मा
क्षेत्रीय सभापतिका लागि दानबहादुर बानिया, युवा नेता विनोद केशी र रामबहादुर खत्रीले उम्मेदवारी दर्ता
गर्नु भएको छ ।

OKHALDHUNGA NEWS
त्यस्तै सचिवका लागि गोपालमान
थापा र ज्ञानप्रसाद बास्तोलाका बीच प्रतिस्पर्धा भएको छ । त्यसै गरी महाधिवेशन प्रतिनिधीका लागि क्षेत्र
नं. बाट आरक्षणसहित ११ सिटका लागि २८ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये खुल्लातर्फको ६ सिटमा १७
जनाले दावी गरेका छन् । क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधीका लागि पूर्व मन्त्री होमनाथ दाहालदेखी
युवा नेता हंसराज वाग्ले सम्म प्रतिस्पर्धामा उत्रिएका छन् । त्यस्तै निर्वाचन क्षत्र नं. २ मा
क्षेत्रीय सभापतिका लागि मोतीराज राई,जयबहादुर श्रेष्ठ,पुरुश्वत्तम लुईटेल र रमेश घिमिरेले उम्मेदवारी
दिएका छन् । खुल्लाबाट महाधिवेशन प्रतिनिधीमा वर्तमान क्षेतीय सभापती रुद्र अधिकारी,संसाद रामहरी
खतिवडा, भिम गौतम,कमल तामाङ लगाएतका १९ जना र समावेसीबाट महाधिवेशन प्रतिनिधीमा १४ जनाले उम्मेदवारी
दिएका छन् ।

ओखलढुंगामा सभापतीका लागि समेत संस्थापन र
देउवापक्षबीचमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । देउवा पक्षले वर्तमान पार्टी सभापति प्रदिप कुमार
सुनुवारलाई नै सभापतिकारुपमा उठाउने तयारी गरेको छ । उनलाई सांसद रामहरी खतिवडा, दुवै वर्तमान क्षेत्रीय
सभापती रुद्र अधिकारी र दानबहादुर बानीयाँ लगायतको साथ छ । यस्तै, संस्थापन पक्षमा भने आकांक्षी धेरै
देखिएका छन् । अहिलेसम्म साझा उम्मेदवारको नाम सार्वजनिक गरिएको छैन । तर महेश कोर्मचा,कुमार लुईटेल र
रामजी वास्तोलाले मध्ये १ लाई उमेद्वार बनाउने विषयमा छलफल भईरहेको स्रोतले जनाएको छ । सांसद रामहरी
खतिवडाले खुलेरै देउवा पक्षलाई सहयोग गरिरहेका छन् । ‘म यो र त्यो भन्दिन,मलाई संविधान सभाको निर्वाचनमा
जस्ले बढि साथ दियो अहिले म उसैलाई सहयोग गर्छु,’उनले भने‘म देउवा पक्षको मान्छे हु,स्वभावीक रुपले म
आफ्नै पक्षलाई सहयोग गर्छु ।’ सांसद खतिवडाले समेत सहयोग गरेपछि नेतृत्वमा वर्तमान सभापती प्रदिप कुमार
सुनुवार नै दोहोरीने सम्भावना पनि रहेको बताईएको छ । देउवा पक्षमानीने सुनुवार संविधान सभा निर्माचन
२०७२ का समानुपातीक उम्मेदवार हुन् ।

खोटाङमा पनि संस्थापन
र देउवापक्षबीच नै कडा प्रतिस्पर्धा भईरहेको छ । यस अघि सम्पन्न गाउँ अधिवेशनममा संस्थापन र देउवापक्षका
नेता तथा कार्यकर्ताबीचमा सहमती जुट्न नसक्दा दिक्तेल नगरपालिकासहित क्षेत्र नम्बर–२ का चिसापानी,
काहुले, बड्कादियाले, डाँडागाउँ, मात्तिम, पौवासेरा र दिप्लुङमा निर्वाचन भएको थियो । यस्तै, क्षेत्र
नम्बर–१ का मंगलटार, धितुङ, बाक्सिला, खार्मी, राजापानी, सप्तेश्वर र सुंदेलमा निर्वाचन भएको थियो ।
कांग्रेसका अनुशार कतिपय गाबिसमा सभापति, कतिपय गाबिसमा खुल्ला सदस्य, महिला तथा जनजातीकै कोटामा सहमती
नजुट्दा निर्वाचन भएको हो । अन्य गाबिसमा भने सर्वहसमतीमा अधिबेसन सम्पन्न भएको छ ।

खोटाङमा संस्थापन पक्षले नरेश श्रेष्ठलाई जिल्ला सभापतिकारुपमा उठाउने तयारी
गरेको छ । उनलाई जिल्ला सभापति बिष्णुकुमार राई, क्षेत्र नम्बर १ का सभापति तिर्थ भट्टराई लगायतको साथ छ
। यस्तै, देउवापक्षमा भने आकांक्षी धेरै देखिएका छन् । अहिलेसम्म साझा उम्मेदवारको नाम सार्वजनिक गरिएको
छैन । उनीहरुकालागि आकांक्षी व्यवस्थापन नै मूख्य चुनौतीकारुपमा देखिएको कतिपयको बुझाई छ । यद्यपी,
महासमिति सदस्य सुवासकुमार पोखरेल, पुर्वराज्यमन्त्री सर्वधन राई, जिल्ला सचिव बीरकाजी राई लगायतको नाम
चर्चामा छ । पुर्वबनराज्य मन्त्री शिबकुमार बस्नेत आफ्नो अनूकुलका सभापति बनाउन प्रयासरत छन् । यस्तै,
भएभरका नेताहरु एकतिर लाग्दा पनि क्षेत्रीय सभापतिमा थोरै मत अन्तरले पराजित भएका देउवापक्षकै भूपेन्द्र
राई समेत यसपल्ट आफ्नो स्थान पक्का गर्ने कसरतमा छन् ।


सोलुखुम्बुमा भने गाउँदेखि क्षेत्रसम्म बलबहादुर केसी र आङगेलु शेर्पा प्यानलबिच
प्रतिस्पर्धा भईरहेको छ । सदस्यता विवादले उग्ररुप लिएको सोलुमा संस्थापन र देउवा भन्दा पनि केसी र
शेर्पापक्ष बिच प्रतिस्पर्धा भईरहेको पाईएको हो । अहिले सम्म सम्पन्न अधिबेसनमा पदाधिकारीका लागि जिल्ला
अन्र्तगत चर्चामा रहेको पुर्व मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसी तथा जिल्ला
सभापति आङगेलु शेर्पा प्यानलबिच प्रतिस्पर्धा भईरहेको छ ।

फोटो क्याप्सन: ओखलढुंगाको मानेभञ्ज्याङमा आयोजीत क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै
सांसद रामहरी खतिवडा ।

तस्विर: पूर्णप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने