२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति भण्डारीद्वारा कतारी उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह

२०७५, १३ कार्तिक मंगलवार १७:१६

दीपेन्द्र अधिकारी | कात्तिक १३, कतार (रासस) | राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल-कतार व्यावसायिक मञ्चलाई सम्बोधन गर्नुभएको छ। कतार भ्रमणको दोस्रो दिन व्यावसायिक मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न यहाँका उद्योगी व्यापारीलाई आग्रह गर्नु भएको हो । नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष नाघिसकेको र दुई देशबीचको राजनीतिक तथा आर्थिक सम्बन्ध अझ सुदृढ हुँदै गएकाले नेपाल र कतारबीच श्रम सम्बन्धमात्र नभएर प्रविधि, लगानी, व्यापार तथा पर्यटन जस्ता आर्थिक कूटनीतिका विविध आयामहरूमा समेत राम्रो सम्बन्ध विस्तार भइरहेको राष्ट्रपति भण्डारीले उल्लेख गर्नु भएको छ। 

राष्ट्रपति भण्डारीले कतार नेपाली श्रमिकहरूका लागि राम्रो श्रम गन्तव्यको रूपमा रहेको साथै, कतार नेपालबीच सीधा हवाई सम्पर्क र छोटो दूरीका कारण जनस्तरमा समेत राम्रो सम्पर्क रहेको जनाउनु भएको छ। 

यसबाट नेपाल-कतारबीच आवागमन सहज हुनुका साथै अन्य मुलुकबाट आउने पर्यटकहरूको आवागमनमा पनि सहजता आउने विश्वास व्यक्त गर्नु भएको छ । 

राष्ट्रपति भण्डारीले भन्नुभयो, “नेपालमा राजनीतिक स्थिरता कायम भई देश समृद्धिको मार्गमा लागिसकेको कुरा व्यक्त गर्न पाउदा मलाई गौरवानुभूति भएको छ । तीव्र गतिमा विकासलाई अगाडि बढाउनका लागि हामीलाई प्रविधि र वित्तीय स्रोतको आवश्यकता छ । 

तपाईं कतारका व्यवसायी र लगानीकर्ताहरूलाई म आह्वान गर्न चाहन्छु – तपाईँहरू अब नेपालमा लगानी गर्न आउनुहोस् । यहाँहरुले प्रत्यक्ष वैदेशिक लगानी वा नेपाली लगानीकर्तासँग मिलेर संयुक्त लगानी पनि गर्नसक्नुहुन्छ” । 

उहाँले नेपालमा गरिने लगानीले उच्च प्रतिफल दिने र लगानीको प्रतिफल फिर्ताको ग्यारेण्टी समेत नेपाल सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यसैले ढुक्क भएर पर्यटन, ऊर्जा, कृषि, पूर्वाधार र उत्पादनमूलक उद्योग आदिमा लगानी गरी भरपुर फाइदा उठाउन कतारी लगानीकर्तालाई आग्रह गर्नुभएको छ। 

उहाँले भन्नुभयो, “राम्रो पूर्वाधार निर्माण गर्नसके नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मार्न सक्नेछ । त्यसैले नेपालमा पर्यटन पूर्वाधारको लगानी गर्दा उचित प्रतिफल दिने निश्चित छ, हिमालहरूबाट स्वच्छ पिउने पानी उत्पादन गरी निर्यात गर्ने प्रचुर सम्भावना पनि त्यत्तिकै रहेको छ, यसैगरी नेपालको भौगोलिक विविधताका कारण जैविक खेती, पशुपालन र मासु उत्पादनको ठूलो सम्भावना रहेको छ । यही सम्भावनालाई मध्यनजर गरेर कृषि, पशुपालन र मासु विकासको क्षेत्रमा साझेदारीलाई अगाडि बढाउन आजै मात्र दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।भौगोलिक दूरीका हिसाबले पनि कतार नजिक रहेकोले यहाँका व्यवसायीहरूले नेपालमा विविध क्षेत्रमा लगानी गरी त्यस्को उत्पादन कतार ल्याएर उपभोग गर्न वा विश्व वजारमा बेच्न सक्ने सहज अवस्था छ” । 

राष्ट्रपति भण्डारीले कतारमा ठूलो संख्यामा नेपाली रहेका र उनीहरू राम्रोसित घुलमिल समेत भएकाले यस सम्बन्धलाई उपयोग गरी दुवै मुलुकको हितका लागि काम गर्ने अवसर आएको बताउनु भएको छ। उहाँले भन्नु भयो “ – अनुकूल श्रम सम्बन्ध, सस्तो र युवा जनशक्तिको सहज उपलब्धता, झण्डै ३ करोड जनसंख्याको आन्तरिक बजार तथा छिमेकमा रहेका विशाल बजार तथा लगानीको सुरक्षाका लागि विभिन्न कानूनी र संस्थागत प्रबन्धहरुले नेपालमा लगानीलाई आकर्षक र सुरक्षित बनाएका छन् । यस्तो लगानीले दुवै देशको समृद्धिमा सहयोग पुर्या उने र यसले दुईपक्षीय सम्बन्धलाई थप बलियो बनाउने छ । 

यसै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरि शर्मा लगायतलले पनि नेपालमा कतारका उद्योगी-व्यवसायीलाई लगानी गर्न आग्रह गर्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा