२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बन्दले देउखुुरीको जनजीवन प्रभावित, बैङ्क र सहकारी संस्थाको कारोवार ठप्प

१८ भाद्र २०७२, शुक्रबार ०५:०७

सन्तोषकुमार गुप्ता, भदौ १८, भालुवाङ्ग / थारुवान थरुहटको लामो बन्दले देउखुुरीको जनजीवन झन पछि झन बिकराल बन्दै गइरहेको छ । जसले गर्दा देउखुुरीका व्यापार व्यवसाय, उद्योग कलकारखाना, शिक्षण संस्था पुुर्ण रुपले ठप्प छ भने आर्को तर्फ यस क्षेत्रका बैङ्क र सहकारी संस्थाहरुमा कारोवार समेत ठप्प हुुदा त्यको प्रत्यक्ष मार सेवाग्राहीहरु लाई परेको छ ।

बैङक तथा सहकारी संस्थाहरुमा पैसाको अभाव भए पछि कारोवार ठप्प भएको सम्बन्धीत संस्थाका प्रमुुख बताएका छन् । पसलहरु बन्द हुुदा सहकारी संस्थाहरुले बचत उठान नपाउदा कारावार ठप्प रहेको प्रभात बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शनिराम चौधरीले जानकारी दिए । बैङकहरुमा पैसा जम्मा गर्न आउनेहरु भन्दा झक्न आउनेहरु मात्र रहेकाले पनि यस्तो समस्या आएको वष्र्टन डेभलपमेन्ट बैङकका प्रमुुख श्रीधर अधिकारीले बताए ।

श्रीकृष्ण जन्मअष्टमी, हरितालिका तीज, छठ जस्ता पर्वहरु नजिकिदै गर्दा समेत बन्दकर्ताहरुले आफनो मागलाई मात्र हेरी आम सर्वसाधरण लाई दुुख दिएको स्थानीयहरुले चौतर्फी गुुनासो गरेका छन् । चार्डपर्व लाई चाहिने पैसा बैङक तथा सहकारी संस्था बाट झिक्न नपाउदा आफुुले अहिले सम्म लत्ताकपडा, उपभोग्य खाद्यन्न, गरगहना किन्न नसकेको स्थानीय निर्मला जि.सीले गुुनासो गर्नुु भयो ।

देउखुुरीका प्रमुुख बजार लमही,भालुुवाङ, गढवा सिसहनियाँ पुुर्णरुपमा ठप्प रहदा सवै भन्दा बढीमार व्यवसाय सञ्चालन गरी साझ विहानको छाँक टार्नेहरु लाई परेको छ भने भाँडामा पसल सञ्चालन गर्नेहरुले घर धनीलाई करिव १ महिनाको सटर भाँडा फिरीमा दिनुु पर्ने अवस्था रहेको व्यापारीहरुले बताएका छन् । विभिन्न बाहानामा सडक लाई नै केन्द्र विन्दुु बनाएर गरिने बन्दले देउखुुरी बासीहरु अव आक्रोसित समेत भएको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने