३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

प्रेस चौतारी नेपाल ओखलढुंगाको अध्यक्षमा न्यौपाने सर्वसम्मत

२६ माघ २०७२, मंगलवार १२:४१

माघ २६, ओखलढुंगा । प्रेस चौतारी नेपाल, जिल्ला शाखा ओखलढुंगाको
अध्यक्षमा पत्रकार पूर्णप्रसाद न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ । आज मंगलबार सम्पन्न तेस्रो जिल्ला
अधिवेशनले न्यौपाने सहित ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा पहलमान
खड्का, सचिवमा रेणु पराजुली, कोषध्यक्षमा पोकलनाथ दाहाल, सहसचिवमा मनोज कट्वाल, सदस्यहरुमा लक्ष्मी
कट्टवाल, लक्ष्मण राउत लगायतका रहेका छन् ।

okhaldhunga
नेकपा एमाले अध्यक्ष मोहनकुमार श्रेष्ठको प्रमुख
आतिथ्यतामा आज पुष्पलाल स्मृती भवन ओखलढुंगाको सभाहलमा भएको अधिवेशनमा नेकपा एमालेका सचिव नेत्र
भट्टराई, नेता नानीबाबु बुढाथोकी, सभाषद हर्कबोल राई, प्रचार विभाग प्रमुख शंकर कट्वाल लगायतका
नेताहरुले शुभकामना मन्तव्य राख्दै प्रेस चौतारीले अघिसारेका योजना तथा कार्यक्रमहरुमा सक्दो सहयोग
गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

 

नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद न्यौपानेले
व्यवसायिक दक्षता र पेशागत सुरक्षाका विषयमा ध्यान दिदै छविलाल कार्की स्मृति पत्रकारिता पुरस्कार कोष
स्थापना तथा कार्यन्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । अघिल्लो समितिले ल्याएका योजना तथा कार्यक्रमलाई
निरन्तरता दिँदै थप नयाँ काम गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै संस्थापक अध्यक्ष टुकराज निरौलाको
संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिममा पूर्व जिल्ला अध्यक्ष
शिव ढुंगाना र कमल प्रसाद न्यौपाने रहेको प्रेस चौतारी नेपाल ओखलढुंगाले जनाएको छ ।

okhaldhunga 1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली