२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

स्वस्थ समाज निमार्णका लागि योग नै उत्तम: सभासद् राईमाझी

१९ भाद्र २०७२, शनिबार ०३:०५

सन्तोषकुमार गुप्ता/ भदौ १९, भालुवाङ । संविधानसभा सदस्य तथा नेकपा एमालेका नेता धनबहादुर राईमाझीले स्वथ हुन र स्वस्थ समाज बनाउन योग नै उत्तम भएको बताएका छन् ।

d4

प्यूठानको बाङ्गेसाल—६ दरभानमा जारी ४ दिने निशुल्क योग विज्ञान स्वास्थ्य शिविरको शनिबार समापन कार्यक्रममा बोल्दै सभासद् राईमाझीले आफू स्वथ हुन योग अभ्यास महत्वपूर्ण हुने भएकोले यसलाई व्यापक बनाउनु पर्नेमा जोड दिएका छन् ।

योग विज्ञान हो, बिश्वमा उपचार पद्धतीबाट ठीक नभएका रोगहरु नियमित योग अभ्यासबाट ठिक भएको चर्चा गदै योग प्रशिक्षण कार्यक्रमलाई राज्य तथा स्थानियस्तरबाट पहल थाल्नु छ, राईमाझीले भने ।

d3

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका राईमाझीले अझै पनि गाउँ घरमा योगको बारेमा जानकारी नभएको बताउँदै राईमाझीले जनचेतनाका माध्यमबाट योग अभ्यास प्रति विश्वास जगाउनु पर्ने बताए । योग प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिन गाउँ—गाउँमा कमिटी गठन गरेर व्यापक बनाउन समेत राईमाझीले सुझाव समेत दिए ।

त्यस्तै समापन कार्यक्रमका बिशिष्ट अतिथी पंतञ्जली योग समितीका केन्द्रिय सदस्य तथा राप्ती अञ्चल प्रभारी प्रेम शाहले नियमित योग अभ्यासबाट शरीरका ९० प्रतिशत रोग निको हुने भएकोले दैनिक सुत्ने समयलाई कटौती गरेर योग अभ्यासमा लाग्न सुझाव दिए ।

d2

उनले मान्छे संग यथा पैसा छ, तर उसको स्वास्थ्य ठिक छैन उपचारका लागि लाखौँ रकम खर्च गर्दा समेत ठीक हुदैन् तर योग अभ्यासबाट ठिक भएका हामी संग प्रमाण छ, उनले दाबी गरे । नियमित योग अभ्यास गर्ने जो कोही व्यक्तिलाई रोग नलाग्ने र शरीरमा भएका रोगहरु समेत ठीक हुने यस्तो पद्धतीको विकास गर्न सके स्वथ समाज बनाउन सकिने बताए ।

पंतजञ्जी योग समिती प्यूठानको आयोजनामा दरभानमा सञ्चालन गरिएको शिविरमा बाङ्गेसाल गाविस भरिका पाँच सय बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

d1

भदौको १६ गते सम्म सञ्चालन भएको योग शिविरको प्रशिक्षकमा पतंञ्जली योग समितीका केन्द्रिय सदस्य तथा राप्ती अञ्चल प्रभारी प्रेम शाह, योग समितीका प्यूठान जिल्ला अध्यक्ष ओमहरि भट्टराई, योग प्रशिक्षकहरु डा. कन्कन लस्कर, दामोदर रिजाल(यात्री) र जगनाथ आचार्य रहेका थिए । योग शिविर बिहान साढे ४ बजे देखि साढे ६ बजे सम्म समय निधारण गरी सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

पंतजञ्ली योग समितीका अध्यक्ष ओमहरि भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समयमा मानिसहरुमा नयाँ—नयाँ खतरनाक रोगहरुको संक्रमण बढ्न थालेको भन्दै योगको माध्यमबाट रोग कम गर्न योग शिविरबाट सिकेको सिपलाई दैनिक प्रयोग गर्न सके सम्पूर्ण खाले रोगको संक्रमणबाट बच्न योगको महत्वपूर्ण भुमिका भएको बताएका थिए ।

d5

समापन कार्यक्रममा योग प्रशिक्षक आसाराम चौधरी, सहभागीहरु ऋषिराम पौडेल, सालिकराम पौडेल र पत्रकार सन्तोषकुमार गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा कार्यक्रममा सहयोग गर्ने सभासद् धनबहादुर राईमाझी र पत्रकार सन्तोषकुमार गुप्तालाई सम्मान समेत गरिएको छ । कार्यक्रमको सञ्चालन योग प्रशिक्षक दामोदर रिजाल(यात्री)ले गरेका थिए ।

योग समिती बाङ्गेसाल गठन
यसैबीच ४ दिने योग विज्ञान स्वास्थ्य शिविर समापन पछि भएको भेलाले योग प्रशिक्षक दामोदर रिजाल(यात्री)को अध्यक्षतामा ९ सदस्यीय पंतञ्जली योग समिती बाङ्गेसाल गठन गरेको छ ।

जसको सचिवमा देवलाल बेल्बासे, कोषाध्यक्षमा सालिकराम पौडेल, सदस्यहरुमा सुजाता थापा, झबिन्द्र पौडेल, मिलन पौडेल, ऋषिकेस पौडेल र भोजराज ज्ञवाली रहेका छन् । त्यसैगरी भेलाले मोहन पन्थी, ओमहरि भट्टराई, जगनाथ आचार्य र टंक जिसीलाई सल्लाहकारमा चयन गरेको छ भने प्रेस सल्लाहकारमा सन्तोषकुमार गुप्तालाई समेत चयन गरेको छ ।

गठित समितीको लगतै बसेको बैठकले असोजको पहिलो शनिबार समितीको बैठक बस्ने र योग अभ्यास जागरणको व्यापक प्रचार—प्रसार गर्ने लगायतको निर्णय गरेको बैठक पछि नव गठित समितीका अध्यक्ष रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने