२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटियामा सातौँ गिद्ध सचेतना दिवस मनाईयो

२१ भाद्र २०७२, सोमबार ०१:४६

सन्तोषकुमार गुप्ता, भदौ २१, भालुवाङ्ग / सातौँ अन्र्तराष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा आईतबार लालमटियामा एक दिने गिद्ध संरक्षण मोहत्सवमा वन वातावरण तथा प्रकृतिका कुचिकार गिद्धको संरक्षण बिषयक तीज गीज प्रतियोगिता सम्पन्न भएको छ ।

dang photo 2
कालिका सामुदायिक वन उपभोक्ता समूहद्धारा सञ्चालित पशुबृद्धा श्रम तथा गिद्ध संरक्षण केन्द्र लालमटियाको आयोजना एवम् नेपाल पंक्षी संरक्षण संघ काठमाडौँको सहयोगमा भएको गिद्ध संरक्षण मोहत्सवमा तीजको भाकाहरुमा वन वातारण संरक्षणका लागि सबैले वातावरणमैत्री व्यबहार बनाउनु पर्ने, वन संरक्षण गर्नु पर्ने, गिद्धको संरक्षणमा सबैले ध्यान दिनु पर्ने जस्ता शब्दहरु समावेश गरिएका तीज गीतहरु प््रस्तुत गरिएका थिए । प्रतियोगितामा लालमटिया गाविस भरिका ७ वटा समूहले भाग लिएका थिए ।

जसमध्ये देवी महिला विकास समूह मसुरिया प्रथम, नेपाल मगर महिला संघ भालुवाङ्ग द्धितीय, आमामिलन महिला विकास समूह पाखापानी तृतीय र कालिका महिला विकास समूह लालमटिया सान्तवना भएका थिए । विजय प्रतियोगी समूहहरुलाई प्रमाण—पत्र सहित क्रमश १५ सय, १ हजार, ५ सय र ३ सय नगद पुरुस्कार वितरण गरिएको थियो ।
कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जोहरमान मियाँको अध्यक्षता एवम् नर्ती ईलाका वन वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले अहिलेमा समयमा वातावरण संरक्षण नै प्रमुख बिषय भएकोले समयमै वातावरण संरक्षण गर्न नसके मानव जीवन नै स्ंकटमा पर्ने बताएका थिए । उनीहरुले अब सबैले वातावरणमैत्री व्यवहार वाउनुको बिकल्प समेत नरहेकोे बताउँदै वातावरण संरक्षणका लागि वातावरणमैत्री व्यवहार सम्बन्धी सचेतना फैलाउनु पर्नेमा समेत जोड दिएका थिए ।

dang photo 1

गिद्ध वातारण अनुकल बनाउने एक मात्र प्रकृतिको कुचिकार पंक्षी भएकोले मरेका तथा सडे गलेका जीव जनावरणहरु खाएर विभिन्न किसिमका रोगहरु फैलिन बचाउने भएकोले गिद्धको संरक्षण गर्न सबैको महत्वपूर्ण भुमिका हुने बताएका थिए । साथै वक्ताहरु लालमटियाको पशुवृद्धा आश्रम तथा गिद्ध संरक्षण केन्द्रको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा व्यापक प्रचार—प्रसार गर्नु पर्ने बताएका थिए ।
पशुबृद्धा श्रम तथा गिद्ध संरक्षण केन्दका संयोजक यामबहादुर रोकामगरको स्वागतबाट शुरु भएको कार्यक्रममा पशु संरक्षण संघका अध्यक्ष भुपाल नेपाली, तराई भु—परिधि तालका दाङ्ग संयोजक भाष्करदेव चौधरी, नर्ती ईलका वन कार्यालयका सहायक वन आधिकृत रामाज्ञाप्रसाद शाह, नर्ती सामुदायिक वन समन्वय समितीका अध्यक्ष टंकनाथ चौधरी, जिल्ला कृषि प्रसार अधिकृत महेश अधिकारी, लालमटिया बृहत खानेपानी समितीका अध्यक्ष कृष्णबहादुर गिरी, कालिका सावउसका अध्यक्ष युवराज न्यौपाने, भिकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हिमाली न्यौपाने, घण्टदेव सावउसका अध्यक्ष धर्मराज अधिकारी, करम्दी सावउसका अध्यक्ष र्टकबहादुर थापा, कालिका सावउसका पूर्व लेखा समिती संयोजक रामकृष्ण पौडेल, पत्रकारद्धय केपी घिमिरे र जमिर शाहले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा गिद्ध संरक्षण तथा पशुवद्धा सञ्चालनमा योगदान पु¥याउने पशुबृद्धा श्रम तथा गिद्ध संरक्षण केन्दका संसथापक संयोजक मोती अधिकारी र कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जोहरमान मियाँलाई कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक जीवराज शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ