2026-09-18 09:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सरकारी भवनमा मकैको ढोड, शौच गर्न प्रयोग (हेर्नुस् ६ तस्विर)

चिसाङ शेर्पा | कार्तिक १५ खोटाङ | जिल्लामा सरकारी सम्पत्तीमा मोजमस्ती गर्नेहरुको जमात एकातिर जिवितै छ । भने, अर्कोतिर सरकारी सवारी साधनलाई विलासिताको साधन बनाएर दोहन गर्नेहरु यत्रतत्र छन् । यद्यपी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित मुढेको आर्मी ब्यारेक अगाडी (मुनी) रहेको शैक्षिक तालिम केन्द्रको वास्तविकता थाहा नपाउदा सरकारी सम्पत्तीमा बनाईएका संरचना अलपत्र, बेवारिसे, बेकामे बनेको छ ।

स्थानीय सरकार आएपनी थाहै नपाउने(त्यही वाटो भएर कती ओहोरदोहोर गर्छन ?) आदतले उक्त संरचना जिर्ण र सिङगो भवन शौचालय बन्दै गएको छ । भवन निर्माणका लागि जग्गा दान गर्ने स्थानीयले भवन बेकामे भएको खबर स्थानीय सरकार नगरपालिकालाई सुनाए पनि भवन प्रयोगमा आएको छैन । बद्लामा भवनभित्र मकैको टुप्पा(ढोट) राख्ने र शौच गर्ने स्थल भएको छ ।

भवनमा मकैको टुप्पा(ढोट)भने भवन प्रयोगमा नआएपछि जग्गादाताले नै राखेका हुन् । भवनका लागि स्थानीय शिव वहादुर थापाले निःशुल्क ६ रोपनी(भवनका लागि) र १२ आना सडकका लागि जग्गादान गरेका थिए । तर, त्यो वालुवामा पानी हालेजस्तै भएको छ । सम्बन्धित निकायको लापारवाहीले राज्यको सम्पत्ती र व्यक्तिगत सम्पत्तीको दोहन भएको छ । 

तस्विरमा हेरौ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई