२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीका विद्यालय खुलाउन सर्वपक्षीय छलफल, वार्ता समिती गठन

२२ भाद्र २०७२, मंगलवार ०४:४५

सन्तोषकुमार गुप्ता, भदौ २२, भालुवाङ्ग / साउन २७ गते देखी देउखुरीका विद्यालय खुल्न नसकेपछी अभिभावक, शिक्षक, विद्यार्थी र सरोकारवाला निकायका विचमा सार्वजनिक छलफल गर्न थालीएको छ ।
थरुहट स्वायत्त प्रदेशको माग राख्दै गरिएको अनिश्चित कालीन आम हडतालको वढी प्रभाव देउखुरीका शैक्षिक संस्थामा परेको छ । नागरिक समाज देउखुरी, निजि विद्यालयहरुको साझा संगठन प्याब्सन दाङ, देउखुरी उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च लगाएको पहलमा देउखुरीमा विद्यालय खोल्ने विषयमा छलफल भएको हो ।

आन्दोलनको समयमा घोराही र तुलसीपुर क्षेत्रमा विद्यालय खोलीएपनि देउखुरी क्षेत्रमा एक दिन पनि विद्यालय खोल्न नसकीएपछी सर्वपक्षीय चासो वढेको हो । अधिकार प्राप्तीको लागी भैरहेको आन्दोलनमा विद्यार्थीहरुको पढ्न पाउने अधिकार वन्द, हड्तालले खोसेको भन्दै निर्वाध रुपमा शैक्षिक संस्था खोलीनुपर्ने र पठन पाठन गर्नकालागी सहज वातावरण वनाउन आग्रह गरिएको छ ।
देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकर घिमिरेको अध्यक्षता एवम् नागरिक समाज देउखुरीका संयोजक निमबहादुर थापाको प्रमुखआतिथ्यमा सम्पन्न भेलाले नागरिक समाजका संयोजक निमबहादुर थापकै संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको छ । गठित वार्ता टोलीले आज वन्द आयोजकहरु संग छलफल गरेर विद्यालय खोल्न सहज वातावरण वनाउन आग्रह गर्ने वताइएको छ । त्यसको सदस्यहरुमा संस्थागत प्रतिनिधित्व रहेको छ । देउखुरी उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, प्याब्सन दाङ, सामुदायीक विद्यालयका प्रतिनिधि, उपभोक्ता मञ्च, यातायात ब्यवसायी सदस्यको रुपमा छन् ।

छलफलमा प्याब्सनका केन्द्रिय सदस्य जिवन कुमार आचार्य, जिल्ला अध्यक्ष यादव गिरी, पूर्व अध्यक्ष शरद कुमार शर्मा, केशव थापा, नेकपा एमालेका क्षेत्रिय ईञ्चार्ज कुलबहादुर केसी, क्षेत्रिय अध्यक्ष रतन कुमार केसी, नेपाली काङग्रेसकी क्षेत्रिय सचिव गिरीजा न्यौपाने, नेकपा माओवादीका ओम प्रकास सुवेदी(सागर), वुद्धिजिवी जागेश्वर शर्मा घिमिरे लगाएतले विद्यालय सञ्चालनको सहज वातावरण वनाउन सरकार र आन्दोलनरथ पक्ष संग आग्रह गर्नु भएको थियो । वन्दका कारण यहाँका १ सय ३७ सरकारी र ५५ निजि विद्यालयमा अध्ययनरत २४ हजार विद्यार्थी स्कुल जान पाईरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने