२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा ६ दिन भ्रमणमा दश लाख खर्च

२०७५, १६ कार्तिक शुक्रबार १७:०५

चिसाङ शेर्पा | कार्तिक १६, खोटाङ | ६ दिन भ्रमणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दश लाख खर्च गरेको छ । वाह्य तथा आन्तरिक स्थानमा अध्ययन, अनुगमण र भ्रमण गरेर उक्त रकम खर्च गरेको हो ।

नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेबी राई, राजनीतिक सल्लाहाकार कमल ढकाल, नगर कार्यपालिका सदस्य, १३ वडाका वडाध्यक्ष सहित ३१ जनाले सिक्किम, दार्जिलिङ, सुनसरी र इलाम भ्रमण गर्दा दश लाख खर्च भएको नगरप्रमुख रिजालले बताए ।

गत कार्तिक ९ गतेदेखी १४ गतेसम्म नगरपालिकाका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधि र कर्मचारीहरुले सिक्किमको रान्का राई गाउँ पञ्चायत र राम्ची गाउँपालिकासँग औपचारिक छलफल भएको नगरपालिकाले गर्दै आएको ‘सुशासनका लागि मिट प्रेस’ मा जानकारी दिईएको हो । यस्तै, नेपालमा सुनसरीको इटहरी उपमहानगरपालिका र इलामको इलाम नगरपालिकासँग यहाँ र त्यहाँको अनुभव आदानप्रदान भएको थियो ।

अध्ययन, अनुगमण र भ्रमणले पर्यटन, विकास, शिक्षा, योजना कार्यान्वयन, कानुन कार्यन्वयन जस्ता कुरालाई इन्डिकेट गरेको र त्यसलाई आगामी दिनमा आफ्नो नगरपालिकामा कार्यन्वयन गर्ने नगरपालिकाले जनाएको छ । भ्रमणमा दिक्तेल र चिउरीडाँडाका वडाध्यक्ष गएका थिएनन् । उनीहरु कार्य व्यवस्तताले नगएको नगरप्रमुख रिजालले बताए । २०७४ असोज २५ गतेको पहिलो नगरसभाले गरेको निर्णय अनुसार भ्रमणमा गईएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु